धनकुटा ।  ८ औं अन्तराष्ट्रिय योग दिवसका अवसर पारेर मानवताका लागि योग भन्ने नाराका साथ ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले राजयोगको महत्वका विषय केन्द्रीत कार्यक्रम गरेको छ ।

    केन्द्रकी सञ्चालिका निर्मला दिदीको अध्यक्षता तथा उच्च अदालत विराटनगर धनकुटा इजालसका मुख्य न्यायधिश रमेशकुमार खत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।WhatsApp Image 2022-06-21 at 11.08.33 AM

राजयोगको महत्व र भुमिका विषयमा केन्द्रीकी सञ्चालिका  निर्मला दिदी सहभागीहरुलाई अनुभुती सहितको अभ्यास गराइन । त्यसै गरी पतन्जली योगा प्रशिक्षक पुष्कर जोशीले प्राणायाम तथा व्यायामका विषयमा जानकारी गराउदै अभ्यास समेत गराएका थिए ।WhatsApp Image 2022-06-21 at 11.08.32 AM

 कार्यक्रममा न्यायधिस अन्जु उप्रेती ढकाल , न्यायाधीश फुर्वा लामाङ, जिल्ला न्यायाधीश फणीन्द्र पराजुली प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल धनकुटा नगरपालिकाकी उपप्रमुख भिमा देवि खनाल, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटचोककी प्रमुख ब्रह्माकुमारी कविता दिदी सहित जिल्लामा रहेका विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।