मोरङ । सुन्दरदुलारी उद्योग वाणिज्य संघ मोरङको हालै सम्पन्न अधिवेशनवाट चयन भएको नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।  गोकर्ण रिसोटमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापना गराइएको हो ।उद्योग वाणिज्य संघ सुन्दरदुलारीका नव निर्वाचित कार्यसमितिका अध्यक्ष जीवन प्रसाद ढुंगानाको अध्यक्षता तथा सुन्दरहरैचा नगपालिकाका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो ।

पदस्थापना कार्यक्रमका प्रमुख अतिथी गुरागाईले व्यवसायीहरुका लागि विगत केही वर्ष देखि सन्तोष जनक अवस्था नगरहेको वताए । उनले विगतमा कोराना कहर र हाल अर्थतन्त्रमा देखिएको वितिय संकटले पनि व्यवसायीहरुका लागि सन्तोष जनक अवस्था नरहेको भन्दै अहिले व्यवसाय टिकाउनका लागि मात्र सञ्चालन गर्नु पर्ने अवस्था रहेकोले व्यवसाय टिकाउन तर्फ लाग्न व्यवसायीहरुलाई आग्रह गरे । IMG_0558

सुन्दरहरैचा नगरक्षेत्रमा रहेको उद्योग वाणिज्य संघ सुन्दरदुलारीले नगरको विकास निर्माण क्षेत्रमा विभिन्न किसिमका गतिविधि गर्दै आएको संघका निर्वतमान अध्यक्ष किशोर कार्कीले जानकारी गराए । 

तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका जीवन प्रसाद ढुंगानाले नीजि क्षेत्रबाट स्थानीय सरकारलाई सहयोग र समन्वय गर्दै सुन्दरहरैचाको विकास निर्माणमा सहयोगी भुमिका खेल्दै आएको र नयाँ कार्यसमितिले पनि निरन्तरता दिने वताए ।

पदस्थापनका कार्यक्रमा सुन्दरदुलारी उद्योग वाणिज्य संका निर्वतमान अध्यक्ष किशोरकुमार कार्की सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख अकली देवी चौधरी ,नेपाली काँग्रेस सुन्दरहरैचाका सभापति भकती प्रसाद सिटौला , नेकपा एमाले सुन्दरहरैचा नगरपालिका अध्यक्ष मात्रिका प्रसाद ढकाल ,निर्वाचन समिति संयोजक वालकृष्ण प्रसाद आचार्य सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद रिजाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । तीन वर्षे कार्यकालका लागि जीवन ढ.ुगानाको अध्यक्षतामा सुन्दरदुलारी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन भएको थियो ।