इटहरी । सुनसरीको इटहरी स्थित जनता माध्यमिक विद्यालयले आफ्नोे ६५औं वार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य कार्यक्रम गरी सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी नाथ दंगालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक पशुपति सिग्देलले विद्यालयको आर्थिक वर्ष २०७७ । ०७८को लेखापरिक्षण प्रतिवेदन , आव २०७७।०७८को सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ३७ जना विद्यार्थीहरुलाई १२ वटा शीर्षकमा छात्रावृति समेत वितरण गरिएको थियो भने ६ शिक्षक र १ कर्मचारीलाइ उत्कृष्ट कार्यसम्पादन मुल्याङ्कनका आधारमा सम्मान गरीएको थियो ।IMG_0539

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश नम्बर १का सामाजिक विकास मन्त्री राजन राईले शिक्षालाई गुणस्तरिय ,व्यवहारिक र व्यवसायीक वनाउन नीतिगत रुपर्म सुधार गर्नु पर्ने वताए ।

साथै कार्यक्रमका प्रमुख अतिथी मन्त्री राईले पछिल्लो समयमा पाठ्यक्रममा सुधार आइरहेको भएपनि अझै सुधारको खाँचो रहेको वताएका हुन ।20220618_134107 कलेजको पढाई पुरा गर्ने वित्तीकै जीवन निर्वाह गर्न सक्ने पेशा अनाउने सक्षम हुने अवस्था अहिले सम्म नगरेको भन्दै प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारका लागि गुणस्तरिय ,व्यवहारिक र व्यवसायिक शिक्षाका लागि नीतिगत रुपमा सुधार गर्ने अभियानमा रहेको समेत मन्त्री राईले जानकारी गराए ।

जनता माविको पठनपाठन राम्रो रहेको आफुले निजिकबाट निहालेकोे भन्दै मन्त्री राईले अझ सफताको शुभकामना समेत दिएका थिए ।

 कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु फुलराज सुवेदी , कमल राज रेग्मी विद्यालयका पुर्व प्रधानध्यापक प्रेमप्रसाद न्यौपाने , छत्रपति ढुंगेल ,बलराम पोखरेल अक्षयकोष दाताहरु लेखनाथ घिमीरे , पुजा उपाध्याय बराल , हिरामणी घिमीरे , अभिषेक नेपाल , पुन्यप्रसाद न्यौपाने लगायतका उपस्थिती रहेको थियो ।