इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले आयोजना गरेको दुई दिने ऐच्छिक विषयको पाठ्क्रम अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ ।

  माध्यमिक तह अन्तरगत कक्षा ११ र १२ का ऐच्छिक विषयहरु अध्यापन गराउदै आएका शिक्षकहरुलाई अझ बढी दक्षता प्रदान गर्ने उद्धेश्यले हिसान सुनसरीले दुई दिने अभिमुखीकरण कार्याशाला सञ्चालन गरेको थियो ।

   सामुदायिक तथा संस्थागत माध्यमिक तह अन्तरगत कक्षा ११ र १२को पठनपाठन हुने जिल्ला ३८ विद्यालयका एक सय २६ जना विषयगत शिक्षकहरुको सहभागिता रहेको कार्यशालामा ८ वटा ऐच्छिक विषयका पाठ्यक्रममा आधारित सहजिकरण गरिएको थियो ।20220619_161111

 अभिमुखीकरण कार्यशालामा अर्थशास्त्र ,लेखा ,रसायन विज्ञान , जिव विज्ञान , भौतिक विज्ञान ,कम्प्युटर , होटल , व्यवस्थापन लगायतका विषयमा सहजकर्तारु प्रा.डा.चक्रपाणि लुइटेल, रोहित वहादुर पौडेल , जीवनाथ न्यौपाने , रिहान श्रेष्ठ, डा.सरोज पराजुली , रोशन अधिकारी ,शुरेश कुमार श्रेष्ठ र निरव चित्रकारले सहजिकरण गरेका थिए ।20220619_155630

 अभिमुखिकरण कार्यशाला एक औचाकिर कार्यक्रमको आयोजना गरि समापन गरियो । हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको अध्यक्षता तथा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालको प्रमुख आतिथ्य रहेको थियो । कार्यशाला समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी सिलवालले यस प्रकारका कार्यशालाले शिक्षकहरुको दक्षतामा अझ थप मद्धत पुर्याउने विश्वास व्यक्त गरे ।20220619_155644

कार्यक्रममा हिसान सुनसरीका संस्थापक अध्यक्ष तथा हिसानका केन्द्रीय सल्लाहकार लेखनाथ घिमीरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।