इटहरी ।  पुर्वी नेपालको विभिन्न क्षेत्रमा रहेका तामाङ जातिहरुको भेष,भुषा,संस्कृतिलाइ संरक्षण तथा जगेर्ना गर्ने उदेश्यले अभियान नामक चलचित्र निमार्ण  गरिएको  छ ।

इटहरीमा आयोजित पत्रकार सम्मेलनमा  अभियान  चलचित्रमा समेटिएका कथा वस्तुको प्रोमो सार्वजनिक   गरिएकको हो  ।  

तामाङ र आदिवासी जनजातिहरुबिच परापुर्वकाल देखि चलिआएको,कला सस्कृति भेष,भुषा  रहनसहनलाइ चलचित्र “अभियानमा कथा वस्तु लाई समेटेर छायाङकन गरीएको हो ।

कोशी भिजन फिल्मको प्रस्तुतिमा “अभियान’’ नामक चलचित्र धनकुटाको उतरी भेग उतरपानि,इटहरी लगायतका पर्यटकिय क्षेत्रमा छायाङकन गरिएको हो । पहिलो पटक राजधानी  बाहिर  छायांकन भएको यस चलचित्र लाखमान योन्जन तामाङको लेखक तथा निर्देशक  रहेको छ ।

 चलचित्रमा आदिवासी जनजातिहरु बिच परापुर्वकाल देखि चलिआएको,कला सस्कृति भेष,भुषा र पहिचान लाइ कथामा समेटिएर निमार्ण गरेको लेखक तथा निर्देशक योन्जनले बताए । 20220617_152031 (2)

    यस चलचित्रमा स्वर्गिय  जयनन्द लामा , अमर पाख्रिन तामाङ , दावा फिन्जो तामाङ , श्याम माया तामाङ , रश्मिला वाइवा तामाङ , पुजा तामाङ , सन्ताष सराकार , रितेश जंग खत्रि , दिनेश तामाङ , दिनेश कोइराला , मदन राइ , सम्भु योन्जन तामाङ , गजम घिसीङ , कमल राइ , मेनुका राइ, कुमारी लिम्बु , कृष्ण काफ्ले, सन्तोष राइ , नुनु बोम्जन तामाङ लगायतका कलाकारहरुकोे अभिनय रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल चलचित्र महासंघका प्रदेश नम्वर १ का अध्यक्ष अरुण कुमार प्रधानले केन्द्रिय स्तरमा बनेका चलचित्र सहज रुपमा प्रशारण हुने तर मोफसलमा बनेका चलचित्र हरुको प्रशारण प्रक्रिया झन्झटिलो रहेको भन्दै गुनासो व्यक्त गरे ।