मोरङ । सुन्दरदुलारी उद्योग बाणिज्य संघको छैठौैं बार्षिक साधारण सभाले जिवन ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेका छ ।

शनिवार गछियामा सम्पन्न छैठौँ बार्षिक साधारण सभाबाट संस्थाले आगामी ३ वर्षको लागीे कार्यसमिति चयन गरेको हो । संस्थाको प्रथम उपाध्यक्षमा लुवराज आचार्य,उपाध्यक्षमा राजेन्द्र प्रशाद धमला,माहासचिवमा खड्ग बहादुर श्रेक्ष्ठ,सचिवमा रमेश थापा साथै कोशाध्यक्षमा बद्रि पेस्कार चयन भएका छन । त्यस्तै सदस्यमा यशोदा श्रेष्ठ,कमला ओझा,नेत्र प्रसाद दुलाल,अम्बिका पुरी,प्रकाश सिग्देल,कमल प्रसाद दाहाल र उमेश वस्ति चयन भएका हुन । उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष किशोरकुमार कार्कीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।