धनकुटा   । शिक्षकको लगनशिलता, युवा समुहका शिक्षक, सामुहिक  निर्णयलगायतका कारण पनि बालपञ्च माध्यमिक विद्यालय नमुना विद्यालयका रुपमा छनौट भएको छ । 

पुराना संरचनाहरुमा परिवर्तन गर्दै नयाँ भवन निर्माण गरि बिद्यालयको नियमित पठनपाठनको कार्य संचालन भईरहेको जिल्लाको पाख्रीबास नगरपालिका वडा नम्बर २ सान्ने स्थित बालपञ्च माध्यमिक बिद्यालय क्षेत्र यतिवेला नमुना माध्यमिक बिद्यालय बन्दै गईरहेको छ । 

यस बिद्यालयमा बिद्यालयका शिक्षक तथा शिक्षिकाहरुको जन्मदिन मनाउने गरिएको छ । उक्त जन्मदिनको उपलक्ष्यमा शौन्र्दयमुलक फुलको विरुवा वा कुनै पनि बिरुवा बिद्यालयलाई गमलामा रोपेर उपहार स्वरुप उपलब्ध गराउनु पर्ने नियम सबैभन्दा उल्लेख्य रहेको छ ।

बिद्यालयलाई कसरी ब्यवस्थित गर्ने भन्ने बिषयमा अध्ययनका लागि समेत बिद्यालयलाई नमुनाका रुपमा लिन सकिने यस बिद्यालयले बिद्यार्थीहरुको चाहना र आवश्यकतालाई ध्यानमा राखी एक सानो तर ज्यादै ब्यवस्थित आफ्नै पुस्तकालय निर्माण गरि संचालनमा ल्याएको छ ।balpancha 2

यतिमात्र हैन बिद्यार्थीहरुलाई बिज्ञानमा प्रयोगात्मक कार्यको लागि भन्दै साईन्स ल्यावको स्थापना गरि सञ्चालनमा ल्याएको छ जसले गर्दा विद्यार्थीहरुलाई  निकै फाईदा पुगेको छ । यसैगरि बिद्यालयमा हरेक बिद्यार्थीहरुलाई अनिवार्य कम्युटर शिक्षाका लागि कम्युटर ल्याबको समेत स्थापना गरि त्यसमा सिसी क्यामरा जडान गरि पढ्ने पढाउने ब्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक भरत मोहन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा निजि विद्यालयहरु नभएकाले साना बालबालिकाहरुलाई समेत बिद्यालयले शिशु कक्षाको सेवा उपलब्ध गराउदै आएको छ । 

बिद्यालयलाई नीति नियम तथा अनुशासनमा रही शिक्षक तथा शिक्षिकाहरुले पढाउने र बिधार्थीहरुलाई बुझाउने, बिद्यालयलाई नियमित रुपमा र सही समयमा उपलब्ध बजेटबाटै ब्यवस्थित रुपमा संचालन गर्न प्रधानाध्यापक अधिकारीको क्षमताका कारणले नै यो बिधालय नमुना बन्दै गएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुडामणी पुलामी मगरले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम मार्फत कक्षा एक, दुई र तीनमा छापायुक्त वातावरणमा पठनपाठन गर्ने व्यावस्था भएको, प्राथना समयमा संगितमय वातावरणमा  विद्यार्थीहरुलाई प्राथना गराउने, साप्ताहिक रुपमै विद्यार्थीहरुले कार्यक्रम गर्ने, वाल क्ल्पले मासिक रुपमा भित्ते पत्रिका प्रकासन गर्ने, विद्यार्थीहरुको पढाईका विषयमा आधारभुत तह, एक देखि कक्षा पाँच, छ, सात, आठ, नौ र दश कक्षाको छुट्टा छुट्टै, अभिभावकसँग मासिक शैक्षिक अन्र्तक्रिया सञ्चालनलगायतका कार्यक्रम गर्दै आएको छ ।