इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ ।

    जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको मुख्य बजार क्षेत्रका केही पसलहरुमा म्याद गुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको हो ।

   अनुगमनका क्रममा खाद्य पसलहरुमा केही सामानको म्याद गुज्रिएको पाइएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमीरेले जानकारी दिए ।IMG_0452

स्थानीय निकाय समेतको सहभागितामा जिल्ला प्रशासन , घरेलु तथा साना उद्योग कार्यालय लगायतको सरोकारवालाहरुको समेत उपस्थितीमा बजार अनुगमन गर्ने क्रममा मसला , खाने तेल लगायतका वस्तुको म्याद गुज्रिएको पाइएका हुन ।IMG_0447

 बजार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुका म्याद गुज्रिएको पाइएको वताउदै यस पटकलाई सचेत गराइएको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डे वताउछन । उनले सरोकारवाला निकायहरुसंग समन्वय गरेर आलोपालोमा अनुगमनलाई निरन्तरता समेत दिने जानकारी गराए ।

संयुक्त बजार अनुगमन टोलीले इटहरीमा होलसेल खाद्यान लगायतका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य म्याद , व्यवसाय दर्ता , नविकरण, कर चुक्ता भए नभएको विषयलाई हेरेको थियो । अनुगमनमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरी उपभोक्ता मञ्च नेपालका अध्यक्ष ठगेन्द्र प्रसाद आचार्य लगायतको  सहभागिता रहको थियो ।