इटहरी । महिलाहरुका हक अधिकारका क्षेत्रमा काम गर्दै आएको महिला सहयोगी समुह इटहरीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट इटहरी उपमहानगरपालिकामा निर्वाचित नगरप्रमुख र उपप्रमुखलाई स्वागत तथा सम्मान गरेको छ ।
स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा निर्वाचित नगरप्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगिता चौधरीलाई स्वागत तथा सम्मान गरेको हो ।
इटहरी क्षेत्रका महिलाहरुलाई क्षमता अभिवृद्धि सहितका विभिन्न कार्यक्रमहरुमा उपमहानगरपालिकासंग समन्वय गर्दै आएको र आगामी दिनमा पनि उपमहानगरपालिकासंग सहकार्यका लागि संस्थाकी सल्लाहकार कमला खड्काले आग्रह गरिन ।
महिला सहयोगी समुह इटहरीले पेशाकै कारण कसैमाथि पनि भेदभाव गर्न नहुने लगायतका विषयमा लामो समय देखि आवाज उठाउदै आएको छ ।




















