इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली केन्द्रीय सदस्य रामकुमार सुब्बाले कमल थापाको अहंमताका कारणले राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेनले जितेको वताएका छन ।

  सुनसरीको इटहरीमा राप्रपा सुनसरी क्षेत्र नम्बर २ क ले आयोजना गरेको स्थानीय तहको निर्वाचनको समिक्षा र आगामी प्रदेश तथा सघीय निर्वाचनका विषयक छलफलमा बोल्दै सुब्बाले थापाको अहंमताका कारण लिङदेनले जितेको वताएका हुन ।20220614_120529

  कार्यक्रमका प्रमुुख अतिथी सुब्बाले नेपालका युवापुस्ताको आवाजको प्रतिनिधित्व राजेन्द्र लिङदेनले गरिरहेको गर्दै भाषण भन्दा कतव्य निर्वाह गर्न प्रत्येक कार्यकर्ताको ध्यान जानु पनेमा जोड दिए ।

राप्रपा सुनसरी क्षेत्र नम्बर २ क का उपाध्यक्ष वुद्धसिंह लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेत ,इटहरी उपमहानगर समितिका अध्यक्ष आकासहाङ सुब्बा , राप्रपा नेता नविन थापा लगायतको सहभागिता रहेको थियो ।