इटहरी । मानिसहरुको घनावस्ती रहेको सुनसरीको इटहरी ६ जुटविकास चोकको एकता टोलमा विहानै फेला परेको जगंली हिंसक जनावर चितुवा ८ घण्टापछि  नियन्त्रणमा लिइएको छ ।

कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको प्राविधिक टोलीले चितुवा नियन्त्रणमा लिएको हो ।

   मानिसहरुले विहान ५ बजे देखेको चितुवा मानवीय चहलपहल वढेपछि स्थानीय नेहरु चौधरीको घरमा पसेको थियो । चौधरीको घरमा पसेपछि प्यासेजमा थुनेर जनप्रतिनिधि,सुरक्षाकर्मी लगायत सम्वन्धीत निकायलाई खबर गरेपछि जिल्ला वन कार्यालयको समन्वयमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको प्राविधिक टोलीले चितुवालाई गन मार्फत बेहोस वनाएर नियन्त्रण लिन सफल भएको हो ।vlcsnap-2022-06-13-15h15m43s320

 चितुवा विहानै घरमा पसेपछि खानपिन समेत नगरि त्रासमा बस्नु परेको चौधरीको घरमा डेरा गरी बस्ने जनक राज पुरी र शोभा राजवंशीले वताउछन ।

चितुवा फेला परेपछि एका तर्फ स्थानीय त्रसित वनेका थिए भने अर्का तर्फ नजिकबाट चितुवा नदेखेकाहरुले चितुवा हेर्न भिड गरेका थिए । विहानै चितुवा बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षीत वनाउन सुरक्षा सर्तकता अपनाउन लगायतका काममा आफुहरुले समन्वय गरेको इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडा सदस्य दिनेश प्रधानले वताए ।284783704_598709131465538_5998105036316205921_n

विहान ५ बजे फेला परेको चितुवालाई प्राविधिक टोली आएर ८ घण्टा पछि दिउँसो १ बजेपछि नियन्त्रणमा लिन सफल भयो । नियन्त्रणमा लिएरको चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज पठाइने जनाइएको छ ।