इटहरी । घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रममा नगरवासीको पहुँच वढाउने उद्धेश्यले सुनसरीको इटहरी उपमहानगरपालिकाले एक महिने घटना दर्ता शिविर सञ्चालन गर्ने भएको छ । 

    उपमहानगरपाकिलाका २०वटै वडामा यही महिनाको २७ गते देखि आगामी असार २५ गते सम्म घटना दर्ता शिविर सञ्चालन गरिने वताइएको हो । 

   घटना दर्ता शिविर उपमहानगरपालिकाको ५६ स्थानमा सञ्चालन गरिने शिविरमा व्यक्तिगत घटना दर्ता , सामाजिक सुरक्षा भत्ताका लागि दर्ता  र गुनासो नगरवासी टिपाउने विषय समावेश हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सेवा इकाई केन्द्र इटहरीका सन्दीप बास्तोलाले जानकारी दिए । 

 नागरिकको व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा , तीनै तहको सरकारको अभियान मार्फत प्राथमिकता भन्ने मुल नाराका साथै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले घटना दर्ता शिविर सञ्चालन गर्दै आएको छ । सोही अभियान अन्तरगत सेवा इकाइ इटहरी पनि नगरवासीहरुलाई घटना दर्ता , सामाजिक सुरक्षा कार्यक्रमका विषयमा जानकारी गराउने साथै दर्ता गर्ने कार्यका लागि शिविर सञ्चालन गर्न लागेको जानकारी गराईयो । शिविरमा अनलाईन मार्फत घटना दर्ता गर्ने लगायतका विषयमा पनि जानकारी गराइने छ।286306213_1219513312152336_5306232149387394560_n