इटहरी । हिमाल, पहाड र तराई क्षेत्रकै अर्नानिक रुपमा उत्पादन गरिएका  खाद्यान्न सामाग्रीको विक्री गर्ने गरी सुनसरीको इटहरी विपी चौकमा भान्सा खाद्यान्न उत्पादन गृह प्राइभेट लिमिटेडको विक्री केन्द्र सञ्चालनमा आएको छ ।

   एक करोड ५० लाख बढीको लागतमा इटहरी क्षेत्रका केही व्यवसायीहरु मिलेर अर्गानिक खाद्यान्नमा जोड दिदै खाद्यान्न विक्री केन्द्र सञ्चालनमा ल्याएका हुन ।

   इटहरीकै वडा नम्बर १६मा भान्सा खाद्यान्न उत्पादन गृह प्राइभेट लिमिटेडको उद्योग सञ्चालनमा रहेको छ । सो उद्योगमा अर्नानिक खाद्य सामाग्रीहरु प्याकेजिङ गरिन्छ भने विपी चौकबाट विक्री गर्ने गरि विक्री केन्द्र सञ्चालनमा ल्याएको सञ्चालक उषा सेडाई सत्यालले वताइन ।  20220604_105756मानिसको स्वास्थ्यका लागि व्यायमका साथै खाने कुरा अर्नानिक हुनु पर्ने तर्फ मध्यनजर गर्दै उद्योग तथा विक्री केन्द्र सञ्चालनमा ल्याएको सञ्चालिका सत्यालले जानकारी दिईन ।

  विक्री केन्द्रको इटहरी उपमहानगर पालिका वडा नम्बर ६का अध्यक्ष  दिवस पोखरेले एक कार्यक्रमका विच उद्घाटन गरे ।

अध्यक्ष पोखरेलले मानिसहरुले चाहेको जस्तो अर्नानिक खाने कुरा पाउन नसकिरहेको समयमा अर्गानिक खाद्यान्नहरु प्याकेजिङ गरि विक्री गर्ने नयाँ किसिमको व्यवसाय सुरु गरिनु राम्रो कामको थालनी भएको वताए ।  20220604_104532

इटहरी क्षेत्रलाई केन्द्र बनाएर अर्गानिक खाद्यान्न सामाग्री विक्री गर्ने उद्धेश्यले इटहरीका व्यवसायीहरु संजिव सत्याल , शैलेन्द्रकुमार श्रेष्ठ , मुना ढुँगाना , आशिष राज ढुंगाना, आभिन्सा ढकाल र बाबुलाल शर्माले सयुक्त रुपमा भान्सा खाद्यान्न सामाग्री उत्पादन गृह प्रालि सञ्चालनमा ल्याएका हुन । 

((