धनकुटा  । राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्याकारी निर्देशक डाक्टर विष्णु प्रसाद भट्राईको अध्यक्षतामा धनकुटाको पख्रिबासमा उद्घाटन गरिएको स्थानीय तहका कृषि प्राविधिकलाई आधुनिक चिया खेती सम्बन्धी दुई दिवसिय तालिम सम्पन्न भएको छ । 

बिहिबार जिल्लाको पाख्रिबास नगरपालिका स्थित राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्याक्रमको हलमा उद्घाटन गरिएको उक्त तालिम शुक्रबार सम्पन्न गरिएको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड, चिया विस्तार योजना हिलेका प्रमुख विजय कुमार मिश्रले जानकारी दिनुभयो । 

उक्त तालिममा चिया विस्तार योजना हिलेका प्राविधिक नविन कुमार कोईरालाले चियाको वेर्ना उत्पादन, चियाको काँटछाट, गोडमेल, चिया टिपाई, प्रशोधन गर्ने तौर तरिकालगायतका विषयमा प्रशिक्षण गराउनु भएको थियो । WhatsApp Image 2022-05-27 at 9.12.30 PM (1)

यसैगरि राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिबासका केन्द्र प्रमुख डाक्टर गोविन्द तिम्सिनाले चियामा लाग्ने रोग किरा तथा तिनको नियन्त्रणका विषयमा प्रशिक्षण गराउनु भएको योजना प्रमुख मिश्रलेबताउनु भयो । 

दोस्रो दिनको प्रशिक्षण पश्चात जिल्ला स्थित सरकारी स्वामित्वमा रहेको चिया वगान र निजि स्रोतमा सञ्चालित गुराँसे टि स्टेडको चिया बगान, उद्योग, चिया प्रशोधनको तौर  तरिकालगायतको अवलोकन भ्रमण समेत गराईएको थियो । 

उक्त भ्रमणमा चिया टिपाई, कटाई, नर्सरी व्यावस्थापन, रोग पहिचानलगायतको प्रयोगात्मक अभ्यास सहितको प्रशिक्षण गर्न पाउँदा सहभागिलाई भोलिका दिनमा आ आफ्ना जिल्लामा गएर सिकेका कुराहरुलाई चिया किसानहरुलाई सिकाउन शहज हुने भएको छ ।

सरकारी प्राविधिकहरुलाई चियाको क्षेत्रमा समेत दक्ष बनाउने उद्धेश्यले धनकुटा जिल्लामा सम्पन्न कार्यक्रममा राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्याकारी निर्देशक डाक्टर विष्णु प्रसाद भट्राई, निर्देशक डाक्टर दीपक खनाल, भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, खोटाङ गरि पाँच जिल्ला स्थित पालिाकामा कार्यरत कृषि प्राविधिकहरुको सहभागिता रहेको थियो ।