इटहरी । किरात राईहरुको महान चाँड उभौली साकेला इटहरी ५को सिसौवनामा रहेको साकेला थानमा पुजा गरेर साकेला सिल्ली नाचेर धुमधामका साथ सम्पन्न भएको छ ।

 किरात राईहरुको साकेला चाँड पर्वहरु वर्षमा दुई पटक मनाइन्छ, वैशाखे  पुर्णिमाका दिन उभौली र मंसीरमा पुर्णिमामा उधौली मनाइन्छ, उभौलीमा  किराती सस्कार अनुसार किरातीहरु प्रकृतिमा विस्वास गर्दछन्,भुमि पुजा गर्दछन् त्यसकारण उभौली अर्थात वैशाख पुर्णिमाको दिन वाट सम्पुर्ण  खेतीवालीको काम सुरु  गर्न लागेउ है भनेर हाम्रो इष्ट देवता सुम्नीमा पारुहाङलाई वल मागेर  धुपधुवार गरेर सम्पुर्ण  सीमे,भुमे,नागनागीनको पुजा गरी खेती वालीम कुनै किरा फट्याङग्रा नलागोस,खेती गर्दा औजारहरु टुटफुट नहोस,कुनै अप्रिय घटना नहोस भनेर भुमिलाई साचि राखेर  पुजा गर्ने,साथै मंसीरे पुर्णेमा उधौली चाही हाम्रो वालीनाली राम्रो भयो अव भित्राउदै छौ,कुनै किरा फट्याङग्रा नलागोस भनेर इष्ट देवतालाई पुजा गर्ने गरेको किरात राई यायोक्खा इटहरी पाचका अध्य तथा आजको कार्यक्रमको सभापति सागर राईले जानकारी गराए ।a

 आजको पीडीहरुले हाम्रो सस्कार विर्सीदै गएको छ,तर हाम्रो किरातीहरुको धर्म,भेषभुसा एकदमै पृथक रहेकोले विस्वसामु चिनाउनको लागी पनि किरात राई यायोक्खा र किरात राई सुम्नीमा संघले यस्तो चाड मनाउदै आएको समेत सभापति राईले जानकारी गराए । किरात राई यायोक्खा जिल्ला कार्यसमीती सुनसरीका अध्य राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनीजका केन्द्रीय अध्य गजुरधन राई,सुम्नीमा संघ जिल्ला कार्यसमीती सुनसरीको अध्य  सविता राई लगायतले आ आफ्नो धारण राखेका थिए ।