तुलसीको मठमा तुलसीको बिरुवा झाँगिएर घर-आगँनको सुन्दरता बढाइरहेको छ ।
बिहानिको घामको किरणले लाली छरिरहेको छ । हजुरआमा नुहाइधुवाइ गरेर तुलसीमा पानी चढाउँदैहुनुहुन्छ। साधवी हजुरआमाको नक्कल गर्दैछिन् । हजुरआमाले तुलसीमठ नजिकै बसेर माला जप्न थाल्नुहुन्छ । तीन बर्षकी साधवी पनि दुरुस्त नक्कल गर्दै मुख चलाउन थाल्छिन्। साधवीकी फूपू साधवीलाई खोज्दै बाहिर आउँदा उनको नक्कल देखेर साह्रै रमाइलो मान्दै सबैलाई बोलाउँछिन् ।
"बाबा, दाइ, भाउजू, बाहिर आउनुहोस् न सानीको नक्कल हेर्न ।"
सबै बाहिर आउँछन् । बाललीला हेरर सबै रमाउँछन् । हजुरआमाले पूजा सकेर उठ्दै भन्नुहुन्छ- "सानैदेखि हामीले गरेको काम हेरेर नक्कल गर्दै बच्चाले आफ्नो संस्कार सिक्छन्।"
"हो नि । त्यसैले हामीले सधैँ असल कार्य गर्नुपर्छ," हजुरबुबाले कुरा थप्नुभयो ।
यत्तिकैमा सादुधवी आफ्नो गृहकार्य लेखपढको काम सकेर बाहिर निक्लन्छिन् । उनीअहिले एक कक्षामा पढ्छिन् । उनलाई प्रश्न सोध्न निकै रमाइँलो लाग्छ । उनी जिज्ञासु स्वभावकी छिन्।
साधवी भन्छिन्, "हजुरआमा, हाम्रो आगनमा कीन तुलसी लगाएको ? अनि कीन हामी तुलसीलाई पूजा गर्छौं ? अरू घाँसलाई कीन पूजा गर्दैनौँ ? यो पनि त घाँस हो ।"
नातिनीका एकैचोटि यति धेरै प्रश्न सुनेर हजुरआमा कसरी उत्तर दिँदा साधवी लाई बुझ्न सजिलो होला भन्ने सोचाइमा पर्नुहुन्छ । हजुरआमालाई हल्लाउँदै फेरि साधवी जोडले बोल्छिन्, "भन्नु न हजुरआमा ?"
हजुरआमा भन्नुहुन्छ, " नातिनी सुन । तुलसीको महत्त्व धेरै छ । यो अरू घाँसजस्तो साधारण घाँस होइन । यसको कथा धेरै लामो छ । तिमी ठूलो हुँदै जाँदा सबै बिस्तारै थाहा पाउनेछौ । अहिले म तिमीलाई थोरै मात्र भन्छु, हवस् बाबा?"
"हवस् हजुआरमा!"
"तुलसीलाई हामी भगवान् विष्णुको अर्को रूप मान्छौं। तुलसीको बिरुवा आँगनमा लगाउँदा घरमा शुभ हुन्छ । बिहान बिहान तुलसीमा पानी चढाउँदा सूर्यको किरणले मानिको शरीरलाई फाइदा पुर्ययाउँछ भन्ने वैज्ञानिक भनाइ पनि छ।"
"अरू केके फाइदा हुन्छ नि हजुरआमा ?" साधवी अझै उत्साहित हुँदै सोध्छिन् ।
"तुलसी धेरै उपयोगी छ, साधवी ।"
"औषधि पनि हुन्छ तुलसी । चिसो लागेको बेला तुलसीको पात हालेर पानी पकाएर खाँदा चिसो लागेको ठिक हुन्छ। पूजाआजा गर्दा पनि तुलसी चाहिन्छ । अनगिन्ती फाइदा हुन्छ तुलसीबाट।"
यत्तिकैमा साधवीकी साथी प्रतीक्षा दौडेर आउँछिन् । उनी धेरै हतारमा थिइन् । सोझै हजुरआमातिर नजिकिँदै अलि ठूलो स्वरमा भन्छिन्, "हजुरआमा, हजुरआम, हाम्रो घरमा बस्ने आमालाई सन्चो भएन रे साह्रै । गाह्रो छ रे । छिटो हिड्नु रे । मेरो हजुर ुआमाले बोलाउनुभएको छ हजुरलाई ।"
हजुरआमा आत्तिँदै भनिन्, "लौ, के भयो ती दिदिलाई फेरि । एक्लै छिन् बिचरी दिदी! छोराछोरी सबै बिदेशतिर छन् । हिँड नानी जाऔँ । ए साधवीको हजुरबुवा ! छिटो आउनू हजुर पनि । के कसो हो सबै मिलेर सहयोग गर्नुपर्छ छिमेकीलाई अप्ठ्यारो परेको बेला ।"
साधवी र प्रतीक्षा पनि हजुरबुवा र हजुरआमाको पछि लाग्छन् ।
साधवीका हजुरबुवा बिरामीको नाडी छाप्दै भन्नुहुन्छ, "लौ लौ बिरामीको अबस्था ठिक छैन अस्पताल लैजाने समय छैन ।तुलसी मठमा सारौं। तुलसी मठ नजिकै सफा तुलसी
तुलसीको मठमा तुलसीको बिरुवा झाँगिएर घर आगँनको सुन्दरता बढाइरहेको थियो ।
विहानिको घामको किरणले लाली छरिरहेको थियो। हजुरआमा नुहाइधुवाइ गरेर तुलसीमा पानी चढाउँदैहुनुहुन्छ। सादबी हजुरआमाको नक्कल गर्दैछिन्।हजुरआमाले तुलसीमठ नजिकै बसेर माला जप्न थाल्नुहुन्छ तीनबर्षकी सादबी पनि दुरुस्त नक्कल गर्दै मुखचलाउनथाल्छिन्। सानबीकी फूपू सानवीलाई खोज्दै बाहिर आउँदा उनको नक्कल देखेर साह्रै रमाइलो मान्दै सबैलाई बोलाउछिन् ।
बाबा, दाइ, भाउजू बाहिर आउनुहोस् न सानीको नक्कल हेर्न ।सबै बाहिर आउछन् वाललिला हेरर सबै रमाउँछन्। हजुरआमाले पुजा सकेर उठ्दैभन्नुहुन्छ सानै देखि हामीले गरेको काम हेरेर नक्कल गर्दै बच्चाले आफ्नो संस्कार सिक्छन्।
हो नि त्यसैले हामीले सधैं असल कार्य गर्नुपर्छ हजुर बुबाले कुरा थप्नु भयो ।
यत्तिकैमा सादवी आफ्नो गृहकार्य लेखपढको काम सकेर बाहिर निक्लन्छिन्।सादवी अहिले एक कक्षामा पढ्छिन्। उनलाई प्रश्न सोध्न निकै रमाइँलो लाग्छ ।उनी जिज्ञासु स्वभावकीछन्।
सानबी:- हजुरआमा हाम्रो आगनमा कीन तुलसी लगाएको ?
अनि कीन हामी तुलसीलाई पुजा गर्छौं ??
अरु घासलाई कीन पुजा गर्दैनौं ?
यो पनि त घाँस हो?
नातिनीको एकैचोटी यति धेरै प्रश्न सुनेर हजुरआमा कसरी उत्तर दिदा सानबीलाई बुझ्न सजिलो होला भन्ने सोचाइमा पर्नु हुन्छ । हजुरआमालाई हल्लाउँदै फेरि सानबी जोडले बोल्छिन् भन्नुन हजुर आमा ?
हजुरआमा :- नातिनी सुन तुलसीको महत्त्व धेरैछ यो अरु घाँस जस्तो साधारण घाँस होइन यस्को कथा धेरै लामोछ तिमी ठुलो हुदै जादा सबै बिस्तारै थाहा पाउनेछौं । अहिले म तिमिलाईथोरै मात्र भन्छु हवस् बाबा!
हवस् हजुआरमा!
तुलसीलाई हामी भगवान विष्णुको अर्को रुप मान्छौं। तुलसीको बिरुवा आँगनमा लगाउँदा घरमा शुभ हुन्छ ।बिहान बिहान तुलसीमा पानी चढाउँदा सुर्यको किरणले मानिको शरीरलाई फाइदा पुर्ययाउँछ भन्ने बैज्ञानिक भनाइ पनि छ।
अरु केके फाइदा हुन्छ नि हजुर आमा ?
सानबी अझै उत्साहित हुदै सोध्छिन्।
तुलसी धेरै उपयोगी छ सानबी ।
अौषधि पनि हुन्छ तुलसी ।चिसो लागेको बेला तुलसीको पात हालेर पानी पकाएर खादा चिसो लागेको ठिक हुन्छ। पुजा आजा गर्दा पनि तुलसि चाहिन्छ । अनगिन्ती फाइदाहुन्छ तुलसी बाट।
यत्तिकैमा सानबीकी साथी प्रतीक्षा दौडेर आउँछिन; उनि धेरै हतारमा थिइन् । सोझै हजुरआमातिर नजिकिँदै अलिठुलो स्वरमा भन्छिन् हजुरआमा ,हजुरआमा हाम्रो घरमा बस्ने आमालाई सन्चो भएन रे साह्रै गाह्रो छ रे छिटो हिड्नु रे मेरो हजुर आमाले बोलाउनु भएकोछ हजुरलाई
हजुरआमा आत्तिदै लौ के भयो ती दिदिलाई फेरि एक्लैछिन् बिचरी दिदी! छोराछोरी सबै बिदेशतिरछन् ।
हिड नानी जाउ ए......सानबीको हजुरबुवा छिटो आउनुहजुर पनि के कसो हो सबै मिलेर सहयोग गर्नुपर्छ छिमेकीलाई अप्ठ्यारो परेकोबेला।
सानबी र प्रतीक्षा पनि हजुरबुवा र हजुरआमाको पछि लाग्छन् ।
सानबीको हजुरबुवाले बिरामीको नाडी छाप्दै भन्नुहुन्छ, " लौ लौ बिरामीको अवस्था ठिक छैन । अस्पताल लैजाने समय छैन । तुलसी मठमा सारौं ।"
तुलसी मठ नजिकै सफा कम्बल बिछ्याउँछन् र छिमेकी आमालाई सुताउँछन्। सबैले आमालाई पानी खुवाउँछन्।पानीमा पनि तुलसीको पात राखेको थियो। प्रतीक्षा र साधवी टोलाएर टाढा बाट हेरिरहन्छन्। एकैछिनमा छिमेकीआमाको शरीर सिथिल भएर जान्छ। साधवीका हजुरबुवाले घरबेटीलाई भन्नुभयो, "लौ छिटो खबर गरिदिनु पर्यो । विदेशतिर गएका छोराछोरी छिटो आउन सक्ने अवस्थामा छैनन् भने दाहासंस्कार गरिदिनुपर्छ हामीले । यो मानवधर्म हो र छिमेकीको कर्तव्य पनि हो ।
सबैले साधवीका हजुरबुवाको कुरामा सहमति जनाए ।
"साधवी, स्कुल जान ढिला भयो । हिँड् घर !"
फुपूको आवाजले साधवी झस्किन्छिन् । उनी उदास मन लिएर घर जान्छिन् र तयार भएर स्कुल पुग्छिन्। सधैं छिटो आउने साधवीलाई आज ढिलो आएको र उदास देखेर मिसले साेध्नुहुन्छ, "साधवी, तिमीलाई सन्चो त छ?" साधवीले आफ्नो छिमेकीको घटना सुनाउँदै भन्छिन्, "मिस, त्यो आमालाई गाह्राे भएपछि घरभित्रै नराखेर तुलसी मठनजिकै सुताए । किन ? फेरि पानी खुवाउँदा पानीमा पनि तुलसीको पात हालेको थियो । चिसो लाग्दा तातोपानीमा पकाएर खाए चिसो ठिक हुन्छ भन्नुहुन्थ्यो मेरो हजुरआमाले । तर छिमेकी आमालाई किन ठीक भएन? मर्नु भयो रे भन्छन् सबैले ।" साधवीका आँखामा आँसु भरिएका थिए ।
मिसले साधवीलाई सम्झाउँदै भन्नुहुन्छ, "साधवी, जन्मेपछि सबैलाई एकदिन मर्नुपर्छ । यो कुरामा दु:ख मान्नु हुँदैन ।मानिस मात्र होइन संसारका सबै सजीव पशु, पक्षी ,किरा फटयांग्रा , बोटबिरुवा...सबैलाई मर्नु पर्छ।"
"बिरुवा कसरी मर्छ र मिस ?"
बोटबिरुवा सुकेर जानु नै उसको प्राण जानू हो ; मर्नु हो साधवी । फूल, तरकारीहरू आफ्नो सिजनमा फुल्छन् , फल्छन् र सुकेर जान्छन् । हामीले त्यसलाई निकाल्छौँ र फेरि नयाँ बीउ लगाउँछाैँ ।"
प्रतीक्षाले ठुलो स्वरमा भन्छिन्, "हाे मिस । मेरो बाबाले मरेको बोडी, भिन्डी, सबै उखेलेर अहिले गोभी र टमाटरको बेर्ना लगाउनुभएको छ ।"
" हो मिस, मेरो हजुरबुवाले पनि नयाँ तरकारीको बिरुवा लगाउनुभएको छ," साधवी अलि खुशी हुँदै भन्छिन् ।
"साधवी अब हामी पाठ पढौं? कि तिमिलाई अझै केही कुरा सोध्न मन छ ?"
मिसले सोधेको सुनेर साधवी खुशी हुँदै भन्छिन्, "मिस, मलाई एउटा कुराले अझै मनमा खुलदुली भएको छ । मानिसलाई किन तुलसीमा तुसाउँछन्, भित्र बिछ्यौनामा किन राख्दैनन् ?"
"सुन साधवी! तुलसीमा प्रसस्त मात्रामा अक्सिजन हुन्छ ।बिरामीलाई बाहिर खुला ठाउँमा राख्दा सास फेर्न सजिलो हुन्छ । अक्सिजन घटेर गाह्रो भएको भए बिरामीलाई सास फेर्न सजिलो भएर बाच्न पनि सक्छन् भन्ने वैज्ञानिक कारण छ भने धार्मिक मान्यता अनुसार हाम्रो हिन्दु धर्ममा तुलसी मठमा सारेर प्राण गएको मानिसको स्वर्गमा रवास हुन्छ भन्ने भनाइ पनि छ।"
मिस र साधवीको कुरा सबै विद्यार्थीले ध्यान दिएर सुनिरहेका हुन्छन् । यत्तिकैमा मुस्कानले ठूलो स्वरमा भन्छिन्, "मिस, मेरो हजुरबुवा मर्दा त घरभित्रै राखेको थियौं हामीले । फेरि मेरो घरमा तुलसी पनि लगाएको छैन ।"
मिसले सबैलाई भन्नुभयो, "सुन । हामीहरू सबै फरक फरक जात जाति, धर्म र संस्कृतिका छौं । हिन्दू धर्मकाले तुलसी लगाउँछन् र पूजा गर्छन् । मुस्कानले इस्लाम धर्म मानिन्छन् ।त्यसैले तुलसी मठ बनाउँदैनन् तर औषधिको रूपमा तुलसीको प्रयोग हामी सबैले गर्छौं ।"
मिसको कुरा सुनेर सबै विद्यार्थीले एकै स्वरमा भन्छन् , "हामीले कुरा बल्ल बुझ्यौं मिस । हजुरलाई धन्यवाद !"