इटहरी । आसन्न स्थानिय निवार्चनको पुर्वसन्ध्यामा निर्वाचन आयोग तोकिएका मतदान स्थलहरूबाट मतदाता परिचयपत्र बितरणको कार्यलाइ तिब्रता दिइएको छ । आयोगबाट खटाइएका कर्मचारीहरूले सुनसरीको १२ वटै स्थानिय तहहरूमा रहेका बिभिन्न मतदान स्थलबाट मतदाता परिचय पत्र बितरणको कार्यलाइ तिब्रता दिइएको पाइएको हो ।

आगामि बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाइ भयरहित बातावरणमा सम्पन्न गराउन तोकिएका मतदान स्थलहरूमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ भने आवस्यकिय सामग्रिहरू पठाइसकिएको जिल्ला निर्वाचनको कार्यालय सुनसरीले जानकारी दिएको छ ।280371670_309281508045004_4637438080036293793_n

यसैबिच सुनसरीको इटहरीमा पनि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

अहिले मतदाता परिचयपत्र बितरणको कार्यलाइ तिब्रता दिइएको र मतदान केन्द्र ब्यवस्थित बनाउने काम भइरहेको इटहरी उपमहानगरका निर्वाचन अधिकृत नारायण रिमालले बताए ।

इटहरीमा २५ मतदान स्थल रहेका छन भने १११ मतदान केन्द्रहरू रहेको निर्वाचन अधिकृत रिमालले बताए ।

निर्वाचनकै पूर्व सन्ध्यामा इटहरी ६ स्थित जनता माविको मतदान केन्द्रमा परिचयपत्र लिन आउने मतदाताहरूको उपस्थिति उत्साहजनक रहेको देखिएको छ । मतदानस्थलमा खटिएका कर्मचारीहरूले बिहानै देखि व्यवस्थित ढंगबाट मतदाता परिचय पत्र बितरणको कार्यलाइ तिब्रता दिइएको पाइएको हो ।

नयाँ मतदाताहरू आफुले चुनेको उम्मेद्वारलाइ भोट खसाल्न निकै उत्साहित देखिएसंगै चर्को घाममा पनि केहि समय कुरेर आफ्नो मतदाता परिचयपत्र लाने गरेको इटहरी ६ जनता माविका मतदान अधिकृत नवराज पौडेलले बताए ।इटहरी वडा नं ६ मा पर्ने जनता माविमा ५ वटा मतदान केन्द्र रहेका छन भने सोहि मतदान स्थलमा ४ हजार ६ सय ५२ जना मतदाताहरू रहेका छन ।