इटहरी । सुनसरीको रामधुनीनगरपालिकाका मेयर, उपमेयरकाउम्मेद्धारहरुले नगरको विकासकालागिमिलेर कामगर्ने प्रतिवद्दता जनाएका छन् । 

आगामी बैशाख ३० गते हुने निर्वाचनमा विभिन्नदलका तर्फबाट मेयर, उपमेयरका उम्मेद्धारहरुले जसले जिते पनि नगरको विकासकालागि एक भएर कामगर्ने बताएकाहुन ।

संवाद समुह सुनसरीले आज आयोजना गरेको संवाद कार्यक्रममा दलका उम्मेद्धारहरुले आफुले जिते अरु दलको सहयोग लिने,अन्यदलले जिते सो दललाई सहयोग गर्ने प्रतिवद्दता जनाएकाहुन । 

रामधुनी थारु समुदायको बाहुल्य क्षेत्र भएपनि ग्रामथान तथा साँस्कृतिक भुमि अतिक्रमणमा परेको भन्दै चिन्ताव्यक्त गरेका छन् । संवादमा बोल्दै मेयर तथा उपमेयरका उम्मेद्धारहरुले प्रत्येक टोलमाहुने ग्रामथानहरु हराउन थालेकोमा चिन्ताव्यक्त गर्दै संरक्षणमा एकजुट हुने बताएका छन् । 

जुन पाटि र जो उम्मेद्धारले जिते पनि ग्रामथान जोगाउन कानुन नै बनाएर संरक्षण गर्नेउनीहरुले प्रतिवद्दता जनाएका छन् । 

संवादमा मेयर तथाउपमेयरकाउम्मेद्धारहरुले आफुले ५ बर्षमागर्ने एजेण्डाहरु प्रस्तुत गरेकाथिए । आफ्नाएजेण्डा राख्दै नेपाली काँग्रेसका मेयरका उम्मेद्धार सुदिप अधिकारीले रामधुनीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने,ग्रामथानहरुको संरक्षण गर्दै संग्राहालय निर्माण गर्ने, तालतलैयाहरुको संरक्षण र संवद्र्धन गर्ने, २५ बेडको अस्पताल निर्माण, ३० मिनेट भित्र सेवादिने व्यवस्थामिलाउने बताए । Ramdhuni (1)

नेपाली काँग्रेसबाटै उपमेयरकी उम्मेद्धार आशा कुमारी चौधरीले थारु भाषा लाई कामकाजी भाषाको रुपमाविकास गर्नुपर्ने बताईन ।

ग्रामथान अतिक्रमणबाट बचाउनपालिकाले ग्रामथानहरुलाई सुचिकरण गर्नुपर्ने तेजनारायण चौधरीले सुझावदिए । ग्रामथान संरक्षण समितीकाअभियन्ताचौधरीले स्थानिय सरकारले आफ्नै कानुनबनाएर ग्रामथानतथा साँस्कृतिक सम्पदाजोगाउन सकिने बताए । 

नेकपाएकिकृत समाजवादीका मेयरकाउम्मेद्धार सिताराम घिमिरले ५० बेडसम्मकोे नगर अस्पताल बनाउने, खानेपानी समस्या समाधान, सबै वडालाई सडक सञ्जाल र सडक स्तरोन्नतीगर्ने योजना सुनाए ।

यस्तै नेकपाएकिकृत समाजवादीकीउपमेयरकीउम्मेद्धार सिताचौधरीले ग्रामथान क्षेत्रको संरक्षण गरी पर्यटकिय क्षेत्रको रुपमाविकास गर्नुपर्ने बताईन । महिलाहरुको सशक्तिकरण, बालमैत्रीशासन, युवालाई खेलकुदमाविशेष ध्यानदिनुपर्ने उनको भनाई थियो । 

सडकहरुको स्तरउन्नतीगर्दै सडक सञ्जालको विकास गर्नुपर्ने नेकपामाओवादी केन्द्रका मेयरकाउम्मेद्धार चन्द्र कुमार चौधरीले बताए । अस्पतालको स्तरोन्नती, शुद्ध खानेपानीको ब्यवस्था , प्राबिधिकशिक्षामाजोड दिईने उनले बताए । 

सुशासन, भ्रष्टाचार मुक्त स्थानीयतहबनाउने राप्रपाका मेयरकाउम्मेद्धार सत्यनारायण चौधरीको भनाई छ । गरिब परिवारकाछोराछोरीलाई कक्षा १२ सम्मनिशुल्कशिक्षादिईने राप्रपाकी उपमेयर की उम्मेद्धार सिता नेपालको बताईन । 

सबै दलका उम्मेद्धारहरुले प्रस्तुत गरेको एजेण्डा मध्ये करिब ६० प्रतिशतमिल्ने देखिएको थियो । साझाएजेण्डाहरुलाई मिलेर नै पुरा गर्ने उम्मेद्धारहरुले बताएथिए । आगामी बैशाख ३० गते रामधुनीका जनताले जसलाई मतदिएर जिताएपनि साझा एजेण्डाहरु पुरा गर्ने नेपाली काँग्रेसका सुदिप अधिकारीले बताए । 

संवादमा आफ्नाएजेण्डा प्रस्तुत गरेकादलकाउम्मेद्धारहरुले नगरका साझाएजेण्डाहरुलाई कार्यान्वयन गराउनएकले अर्कालाई सहयोग गर्ने बताएकाथिए ।