सुनसरीको इटहरी नृत्य क्षेत्रमा काम गर्दै आएको इटहरी आर्ट एण्ड फाउन्डेसन र एफ एस डान्स सेन्टरले सि पि एस लिटल मिस्टर एण्ड मिस इटहरी आयोजना गर्ने भएको छ । बालबालिकामा भएको क्षमतालाई बाहिर ल्याएर उत्कृष्ठ कलाकार बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले कलाकारिता क्षमता अभिवृद्धि र चित्र बनाउने विषयमा सिकाउने छन् । बालबालिकामा हुने हिंसा र हिंसा भएमा कसरी बालबालिकाले आफ्ना अभिभावकहरूलाई बताउने भन्ने वियमा पनि उक्त कार्यक्रम सञ्चालन हुने एफ एस डान्स सेन्टरका सञ्चालक तुलसी घिमिरेले बताउनु भएको छ । कार्यक्रममा क्यामरा फेस र कलाकारिताका विषयमा कलाकार दीपक आर्चाय काकुले जानकारी दिनुभएको थियो भने इटहरीमा आएर कलाकारिता क्षेत्रमा आफ्नो अनुभव साट्न पाउदा आचार्यले खुसी व्यक्त गर्नुभएको थियो । 
उक्त कार्यक्रममा इटहरीका ७ देखि १४ वर्ष सम्मका बालबालिकाले सहभागी हुन पाउने छन भने प्रथमको छनोट अभिभावक आफैले निणर्यक भएर छनोट गर्ने छन् । साथै प्रथमलाई नगद प्रमाण पत्र सहित ३० हजार रकम उपलब्ध हुने छ भने द्वितीय लाई २० हजार र तृतीय लाई १० हजार दिइने छ ।