इटहरी । कृषिका लागि खनजोत गर्न समस्या वनाउने तथा माटोको उर्बरा शक्तिमा हस ल्याउने प्लास्टिक जन्य फोहोरहरु जथाभावी नफ्याक्ने संदेश सहित नेपाल कृषि अनुसन्धान परिषद नार्कको ३१औं बार्षिकोत्सव सुनसरीमा वृक्षारोपण र सरसफाई कार्यक्रमको आयोजना गरी मनाइयो ।
कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर १ तरहरा सुनसरीले नार्कको ३१औं बार्षिकोत्सवको अवसरमा वृक्षारोपण र सरसफाई कार्यक्रमको आयोजना गरि मनाएको हो ।
बार्षिकोत्सवको अवसरमा निर्दशनालय परिषरमा आँप ,लिचि,अम्बा, लगायतका फलफूलका विरुवाहरु रोपियो त्यसै गरी निर्देशनालयको गेट देखि भुल्के चोक सम्म सरसफाई गरियो । सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरि यस वर्ष नार्कको वार्षिकोत्सव मनाइएको कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक केशव श्रेष्ठले जानकारी दिए ।
उनले स्थानीय तहको निर्वाचनको नजिकी रहेको कारण सरोकारवालाहरु धेरैको सहभागिता गराएर कार्यक्रम गर्न नसकिए पनि कर्मचारी तथा केही सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएमो पनि निर्देशक श्रेष्ठले वताए । सोही अवसरमा प्लाष्टिक जन्य फोहोरमैला उचित रुपमा व्यवस्थापन नगरिए कृषि योग्य जमिनलाई खनजोत अप्ठयारो वनाउने तथा माटोको उर्बरा शक्तीमा हस ल्याउने तर्फ सबै सचेत बन्न निर्दशनालयका फलफूल बैज्ञानिक मनिष ठाकुरले आग्रह गरे । नार्कको वार्षिकोत्सव कृषि अनुसन्धान निर्देशनालय तरहराले हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ ।