इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा केही दिन देखि देखिएको यो दृष्यले धेरैको ध्यान आफु तर्फ तान्ने गरेको छ । सबैको ध्यान आफु तर्फ तान्ने काम एउटै मोटरसाईकलमा  धेरै राजनैतिक दलका झण्डा र चुनाव चिन्ह लगाएर हिड्ने विनोद विश्वकर्माले गरिरहेका छन ।

  सवैलाई अचम्मीत पार्दै हिड्ने विश्वकर्माले राजनैतिक दलका आस्थाका आधारमा समाजमा विवाद र झैझगडा गर्नु नहुने संदेश दिन आफुले धेरै दलहरुको झण्डा एकै ठाउँमा राखेको हिडिरहेको वताए । इनरुवा नगरपालिकाका विभिन्न ठाउँमा धेरै पार्टीको झण्डा मोटरसाईकलमा लगाएर कुदी रहने विश्वकर्माले सबै मिलेर गरिवी हटाउदै सुख शान्ती कायम गराउनु पर्ने तथा भष्ट्रचार अन्त गरी देशलाई विकासको गतिमा अघि वढाउन एक जुट हुनु पर्ने संदेश दिन आफुले यसो गरिरहेको जानकारी दिए ।279342482_394041515963477_494349758843680950_n

लामो समय देखि एकै समाजमा बस्दै आएका मानिसहरु विच समेत निर्वाचनका समयमा दलका आस्थाका आधारमा मनमुटाव हुने गरेको पाइएकाले त्यसो नगरी   सामाजिक सद्भाव कायम गर्दै निर्वाचनमा सहभागी हुन संदेश दिने उद्धेश्यले धेरै दलका झण्डा र स्वतन्त्रका पनि झण्डा राखेर हिडिरहेको समेत विश्वकर्मा सुनाउछन । निर्वाचनको मिति नजिकी रहेको समयमा राजनैतिक आस्थाका आधारमा हुने झैझगडा अन्त गर्न  विश्वकर्माको संदेशले सहयोग पुर्याउने यो दृष्य देख्नेहरुले समेत विश्वास गर्ने गरेका छन ।