सुनसरी ।  स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा सुनसरीको बराहक्षेत्रमा भने नगरप्रमुखको उम्मेद्वारी प्रति राजनीतिक बिश्लेसकहरू रूष्ट बनेका छन । 

अघिल्लो ५ वर्षको कार्यकाल सकेर पुनःमेयर पदमा उम्मेद्वारी दिएका नगरपालिकाका तत्कालिन प्रमुख निलम खनालप्रति नगरवासिहरू रूष्ट बनेका हुन । 

शुक्रबार बराहक्षेत्र ५ मा पत्रकार सम्मेलनमा बोल्दै अर्थ राजनीतिक बिष्लेशक देवी प्रसाद दाहाल नेतृत्वको समुहले  नगरमा पुनः खनालले प्रमुख पदमा उम्मेद्वारी  दिएपछि बराहक्षेत्र वासिहरू रूष्ट बनेको बताए । 

अघिल्लो ५ वर्षे कार्यकाल समिक्षाको आधारमा खनाल नगरकै भ्रष्ट र असक्षम मेयर सावित भइसकेकाले उनलाइ यो निर्वाचनमा मत माग्ने अधिकार नरहेको राजनीतिक बिष्लेशक दाहालको भनाइ छ । 279465000_518433596672321_5285919031771879529_n

नगरको बिकाश निर्माण देखि अनियमितता सम्मलाइ पर्दाफास गर्दै महालेखा परिक्षकको कार्यालयले समेत पटक पटक सुधार गर्न आग्रह गर्दा समेत मेयर खनालले त्यसैलाइ निरन्तरता दिदै आएको नगरवासिहरूको आरोप छ । 

उनलाइ अब जनताले कुनै हालतमा पनि भोट नदिने अर्थ राजनीतिक बिश्लेसक देविप्रसाद दाहालले बताए । 

मेयर खनालले नगर प्रमुख रहदा गरेको भष्ट्रचार तथा अनियमितताको प्रमाण २०७५ साल देखि ७८ साल सम्मको महालेखा परिक्षककको कार्यालय काठमाण्डौले तयार पारेको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको बिश्लेसक दाहालले बताए । 

अघिल्लो ५ वर्षे कार्यकालको अवधि भर बिकाशको नाममा सिन्को पनि नभाचेका मेयर खनाल नगरमा असक्षम सावित भइसकेकोले नगरवासिहरू सावधानी हुन दाहालले अनुरोध गरे । 

यो स्थानिय निर्वाचनमा उनलाइ मत हाल्नु या दिनुभन्दा अघाडी खनालले ५ वर्षको अवधिमा के के बिकाश गरे कति आर्थिक अनियमितता गरे त्यो सोचेर र बिचार गरेर मात्र भोट हाल्न राजनीतिक बिष्लेशकहरूले अनुरोध गरेका छन । 

बराहक्षेत्र नगरपालिका बिरूद्ध पछिल्लो ७५ साल देखि नै महालेखा परिक्षकको कार्यालयले करोडौ बेरूजु सहित बिकाश निर्माणका कामहरूमा पनि भष्ट्रचार तथा अनियमितता हुने गरेको औंलाउदै आएको छ ।