उर्लाबारी । मोरङ मिक्लाजुङकी दिया दाहालले तेस्रो मिस उर्लाबारीको उपाधि ताज पहिरियकी छिन् ।होटल ग्रान्डमा सोमबार राती सम्पन्न फाइनल राउण्डका १७ जना प्रतिष्पर्धीलाई पछि पार्दै दाहालले उपाधि जितेकी हुन । उपाधिसँगै दाहालले पचास हजार नगद पाएकी छिन् ।

प्रतियोगितामा फष्ट रनरअप उर्लाबारी-६ की ज्वाला लिम्बू र सेकेन्ड रनरअप उर्लाबारी-७ की अंकिता कटवाल भएकी छिन् उनिहरुले नगद ३० हजार र २० हजार सहित प्रमाणपत्र र क्राउन प्राप्त गरेका छन् ।

277884923_683611859622344_4132302859841324954_n

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा झापा र मोरङका १७ जना युवतीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अथिती फागोले आगामी दिनहरुमा पनि युवतीहरुको नेतृत्व विकास र क्षमता अविवृद्धिका सवालमा स्थानिय सरकार लागि पर्नु पर्ने बताए ।

मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशन हब, उर्लाबारी तथा बिशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको थियो । यस अघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितेका थिए ।