इटहरी । सुनसरीको इटहरीमा पहिलो पटक भाष साहित्य तथा कला समबन्धी साहित्यीक उत्सव हुने भएको छ । 

इटहरी भाषा ,साहित्य कला सृजना परिषदको आयोजनामा यहि चैत्र २५ र २६ गते इटहरीको लायन्स क्लबमा हुने बृहत साहित्यीक उत्सव हुने भएको हो । 

आइतबार इटहरीको चिया चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषदका संयोजक कृष्णबिनोद लम्सालले कला सांस्कृति तथा साहित्य क्षेत्रलाइ जगेर्णा गर्दै सक्रिय रुपमा अझ उजागर गरेर लैजान यो उत्सवको आयोजना गरिएको बताए । IMG_2208

उत्सवमा प्रदेश एकका बिभिन्न जिल्लाहरुबाट प्रख्यात साहित्य  तथा कला क्षेत्रका ब्याक्तित्वहरुको उपस्थिती रहने जनाइएको छ । 

उत्सवमा मुर्तिकला , चित्रकला प्रदर्शनी तथा , गजल,कविता वाचन , नाट्य प्रदर्शनी ,सांस्कृतिक कार्यक्रम लगायत मनोरञ्जनात्मक कलाहरु प्रस्तुती गरिने र्कायक्रम संयोजक तथा परिषदका सहसंयोजक मणि गुरुङले बताए । 

साहित्य तथा सृजनात्मक कार्यक्रमहरुलाइ एकै स्थानमा राखेर गरिने यो पहिलो कार्यक्रमले कला , तथा साहित्यको क्षेत्रलाइ अझ प्रोत्साहन र्पुर्याउने पनि संयोजक गुरुङले जानकारी दिए ।