पथरी । कामना सेवा विकास बैकले एकै साथ २ वटा शाखारहित बैकिङ सेवा सचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैकबाट “ख” वर्गको बितिय कारोबार गर्ने अनुमति प्राप्त यस बैकले विगत ३ वर्षदेखी पथरीशनिश्चरेमा आफ्नो शाखा खोली कार्यगर्दै आएको छ ।

 सोही क्रममा बैंकले आफ्नो सेवालाई थप विस्तार गर्दै पथरीशनिश्चरे-९ स्थित शनिश्चरेमा र लेटाङ-९ स्थित मदन चौक, जाँतेमा समेत गरि २ ठाँउमा आजबाट शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

 आमसर्वसाधारणको घरदैलोमा अत्याधुनिक बैंकिङ सेवा सुविधा सहज, सरल र भरपर्दो तरिकाले प्रदान गरि बैंकङ पहुँच पुर्‍याउने उद्घेश्यका साथ संचालनमा ल्याइएको पथरीशनिश्चरे-९ स्थित शनिश्चरेमा आर.के मोबाइल सर्भिस सेन्टर(प्रो. राजन कडेल)को समुद्घाटन पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईले गरेका छन् । 

उक्त कार्यक्रममा बोल्दै पथरी बजारमा रहेको बैंकले शनिश्चरेमा शाखारहित सेवा संचालनमा ल्याई जनतालाई बैंकिङ पहुच बढाउने कामना सेवा विकास बैंकको कार्यको प्रशंशा गर्दै नगरवासीलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्ने बताए । 

त्यस्तै लेटाङ नगरपालिका वार्ड नं. ९ जाँते मदन चौकस्थित अ.वि. मेडिकल हल(प्रो. सुरज विश्वकर्मा)मा रहेको शाखा रहित बैंकिङ सेवाको समुद्घाटन लेटाङ नगरपालिका वार्ड नं. ९ का वडाअध्यक्ष कृष्ण लुइटेलले गरेका थिए ।

 कार्यक्रममा बोल्दै लुईटेलले जाँतेमा १ मात्र बैंक रहेको र त्यो समेत टाढा भएर गाह्रो भैरहेको अवस्थामा कामना सेवा विकास बैंकले शाखा रहित बैंकिङ सेवा प्रदान गरेकोमा अत्यन्तै खुसी तथा गौरव महसुस भएको बताए ।

कार्यक्रममा कामना सेवा विकास बैंकका प्रदेश प्रमुख खिमलाल भुषाल, क्लष्टर हेड विजयराज बानिया, पथरी शाखा प्रमुख रामचन्द्र भट्टराई लगायत अन्य कर्मचारीहरु, अन्य जनप्रतिनिधिहरु, समाजसेवी, व्यापारी लगायतको उपस्थिती रहेको थियो । 

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकको इजाजत प्राप्त कामना सेवा विकास बैंकले देशभरी १३० भन्दा बढी शाखा, १ एक्स्टेन्सन काउन्टर, ६ शाखारहित बैंकिङ सेवा र ७७ वटा एटिएम मार्फत अत्याधुनिक प्रविधिबाट सेवा प्रदान गर्दै आएको छ ।