पथरी । कामना विकास बैक पथरी शाखाले ग्लोबल मनि विक २०२२ को अवसरमा पथरीको पथरी बहुमुखी क्याम्पसका १०० जना विधार्थीको उपस्थितिमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । 

विगत ३ वर्षदेखी पथरीशनिश्चरेमा आफ्नो शाखा खोली छिटो, सहज र सर्वसुलभ तरिकाले बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको कामना सेवा विकासले सामाजिक दायित्व अन्र्तगत वित्तय साक्षरता कार्यक्रमको आयोजना गरेको जनाएको छ ।                          

विद्यार्थीहरुको वित्तिय क्षमता अभिवृद्घि गर्ने उद्वेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको र यस प्रकारको कार्यक्रमबाट विधार्थीहरुमा बैंक/वित्तिय क्षेत्र प्रतिको ज्ञान आर्जन हुने र बैंकिङ कारोवारप्रति विधार्थीहरुलाई उत्प्रेरित गरि बचत गर्ने बानि बसाउन अपेक्षा गरिएको कामना सेवा विकास बैंकका शाखा प्रबन्धक रामचन्द्र भट्टराईले बताए । 

आउँदा दिनमा समेत विभिन्न स्कुल तथा क्याम्पसमा यस किसिमको कार्यक्रम गर्ने योजना रहेको जानकारी भट्टराईले जनाए ।

क्याम्पसको तर्फबाट कुरा राख्दै क्याम्पस प्रमुख चेतन पौडेलले यस प्रकारको कार्यक्रमले गर्दा विधार्थीहरु बैंक प्रति कारोबार गर्न साथै बैंकिङमा भविष्य खोज्न लालयित हुने जानकारी गराउँदै कामना सेवा विकास बैंकमा मात्र यस क्याम्पसको ४ जना विधार्थीहरु कार्यरत रहेको र पथरीशनिश्चरेमा संचालित प्राय बैंकमा क्याम्पसको विधार्थीहरु कार्यरत रहँदा गौरवान्वित भएको जानकारी गराउँदै यस कार्यक्रमका संचालक तथा सहजकर्ता कामना सेवा विकास बैंकका सम्बन्ध प्रबन्धक जनक पोख्रेललाई कार्यक्रम संचालनको अनुमती दिइएको थियो ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकको इजाजत प्राप्त कामना सेवा विकास बैंकले देशभरी १३० भन्दा बढी शाखा, १ एक्स्टेन्सन काउन्टर, ४ शाखारहित बैंकिङ सेवा र ७७ वटा एटिएम मार्फत अत्याधुनिक प्रविधिबाट सेवा प्रदान गर्दै आएको छ ।