मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा न ५ मा “लागु औसध विरुद्ध युवाहरुको अभियान“ भन्ने मूल नाराका साथ मिक्लाजुङ साँगितिक कार्यक्रममा रचना रिमाल आउने भएकी छिन् ।

युवा बर्गलाई लक्ष्यित गर्दै चरम दुब्र्यसनीमा उन्मुख रहेका युवालाई सचेत गराउने उध्येस्यले मिक्लाजुङ युवा समुह मिक्लाजुङ्ग ४,५ र ६ को आयोजनामा यहि चैत्र ३० गते बुधबार मिक्लाजुङ ५ सिंहदेवी आधारभूत बिद्यालयको प्राङ्गणमा हुने संगितिक कार्यक्रममा उनि आउने भएकी हुन् । 

कार्यक्रममा रास्ट्रीय कलाकारको साथमा स्थानीय कलाकार गायक नन्दु गुरुङ्ग, डान्सर रिया लामा, भुपु ब्यान्ड जाँते, स्थानीय गायक मिलन देवान र मिलन ढकालको पनि बेजोड प्रस्तुती रहने आयोजक समितीका अध्यक्ष लङसिङ श्रेष्ठले बताएका छन् ।