इटहरी । कवि भुपी शेरचनको कविता चिसो एस्ट्रे बाट प्रभावित भएर निर्माण गरिएको नेपाली कथानाक चलचित्र चिसो एस्ट्रे आगामी चैत्र ४ गतेबाट प्रर्दशनमा आउने भएको छ ।

   नेपाली साहित्यमा आधारित चलचित्र चिसो एस्ट्रे कोरोना कहरका कारण निर्माण टिमले सोचे भन्दा ढिलो प्रर्दशन आउन लागेको हो । 

 कोरोनाले गर्दा चलचित्र प्रर्दशनमा ल्याउन ढिलो भएपनि नेपाली दर्शकहरुले रुचाउने विषय भएमा आधारित रहेको चलचित्र चिसो एस्ट्रेका निर्माता महेशबाबु तिम्सिनाले जानकारी दिए ।

चलचित्रको प्रचारप्रसारका लागि पुर्वी नेपाल आइपुगेकी चिसो एस्ट्रेकी नायिका सृष्टि श्रेष्ठले चलचित्रले नेपाली दर्शकहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गरिन ।

चलचित्रको प्रर्दशनका विषयमा सुनसरीको इटहरीमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालमा साहित्यबाट प्रभावित भएर चलचित्र वनाउने कार्य कम हुने गरेकोमा आफु पनि साहित्य तथा चलचित्रका क्षेत्र रुचि राख्ने मानिस भएको कारण चिसो एस्ट्रे कविता बाट प्रवावित भएर सोही शिर्षकमा चलचित्र निर्माण गरेको निर्माता तिम्सिनाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा फिल्म युनिटले विराटनगर र इटहरीमा रहेका इन्टरनेशनल कलेजमा कलेज क्याम्प सम्पन्न गरेको समेत सो अवसरमा जानकारी गराइयो । इटहरीको पुर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका अभिनेता निकुन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।