इनरुवा । गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का सरोज यादवले यसपाली मकै लगाएको छैन् । उनले आफ्नो ३१कट्ठाजमिनमा मकै लगाउँदै आएकायादवले यसपाली गहुँ लगाएका छन् ।

विगतमा एक कट्ठामा७ क्वीन्टल सम्म मकै उत्पादनभएको उनी सुनाउँछन् । “क्वीन्टलको तीनहजार रुपैयाँमाबिक्रीपनिभयो”, उनले भने, “पोहोर फौजी किराले उत्पादननिकै कम भएपछि यसपाली अरु बालीलगाइयो ।”

भोक्राहा नरसिंह गाउँपालिकाको मकै बाली राम्रो हुने ठाउँ हो । भोक्राहा नरसिंह गाउँपालिकाअन्तरगत रहेका कृषिविकास शाखाकाअनुसार यहाँ बेसिजनमापनिकरिब ३ सय विघा जमिनमा मकै खेतीहुने गरेको छ । गाउँपालिकाले गाउँकाविभिन्न ठाउँलाई मकै ब्लक क्षेत्र घोषणा गरेर अनुदानकाकार्यक्रमहरु पनि सञ्चालनगर्दै आएको कृषिशाखाप्रमुख रेनुकाचौधरीले बताइन् । ब्लकक्षेत्रमा १ सय ५० विघा क्षेत्रफलमा मकै खेतीगरिन्छ । यहाँ स्थानीयकाअलावाअन्यत्रकाव्यवसायीहरुले जग्गा भाडामा लिएर पनि मकै खेतीगर्ने गरेका छन् । कतिपयले त वर्षमातीनबाली मकै पनिलगाउने गरेका छन् । उनीहरुकालागिअहिले फौजी किराको प्रकोप ठूलो समस्याको रुपमा खडा भएको छ ।

स्थानीययुवाशंकर मेहताले यस वर्षबाट मकै खेती सुरु गरेका थिए । “पहिलो गासमै ढुंगा भनेजस्तो भयो”, उनले भने, “खर्च उठाउन पनि सकिँदैन जस्तो छ ।”उनले स्थानीयएग्रो फर्मको सल्लाहलिएर मकैमाविषादी छरिरहेका छन् । तैपनि किरा घटेको छैन ।

भोक्राहा नरसिंह गाउँपालिकावडा नम्बर २ का चन्दन मेहताले खेतमा मकै लगाएको दुईमहिना एक हप्ताभयो । यो अबधिमाउनले मकैमा ५ पटक विषादी छरिसके । “मेरो खेतमापोहोर उत्पादन राम्रो थियो । किराको असर थिएन”, उनले भने, “यसपाली त बर्बादै होला जस्तो छ ।”उनले करिब १० कट्ठाजमिनमा मकै लगाएका छन् ।

उनले गतवर्ष ७हजार खर्च गरेर लगाएको मकैले १८ हजार रुपैयाँको आम्दानीदिएको थियो । “यसपाली त खर्च मात्रै १८ हजार पुग्नलाग्यो”, उनले भनिन्, “खेती गरेर खाने दिनगए जस्तो लागेको छ ।”गतवर्षबाटै मकैमा किराको असर देखिनथालेपछि यसपालीउनले आधाभन्दा बढी जमिनमातोरी खेती गरेका छन् ।

मकैमाफौजी किरासँगै गबारोको असर पनिउत्तिकै छ । गबारोले मकैको विरुवा सुक्ने, ओइलाउने समस्या देखिएको किसानप्रविन मेहताले बताए । “मेरोमाफौजी किरा देखिएन तर गबारोले मकै बिगार्न थालेको छ”, उनले भने, “विषादी छरेर ठीक हुन्छ कि भनेर लागिपर्दै छु ।

यता जुटबाली अनुसन्धानकार्यालय इटहरी, सुनसरीकाकृषि विज्ञतथाकार्यालय प्रमुखतिर्थनाथ रिजाल र भोक्राहा नरसिंह गाउँपालिकाअन्तरगत रहेका कृषिशाखाकाप्रविधिक सहायक रेनुकाचौधरी सहितको टोलीले मकैबालीअनुगमन गरेका छन् ।

सो टोलीका टिमले भोक्राहा नरसिंह गाउँपालिका वडा नं.१ मा रुद्रनारायण साहको खेतमा अनुसन्धानको लागिलगाइएकोस्वदेशी हाइव्रिड जातका मकैबालीको अनुगमनगरिएको भोक्राहा नरसिंह गाउँपालिकाका कृषिशाखाप्रमुख रेनुकाचौधरीले जानकारी दिइन् ।

उनले जानकारी दिएअनुसार अनुसन्धानको लागिलगाइएको स्वदेशी हाइव्रिड जातका मकै सि.ए.एच ५०११, सि.ए.एच१७१५, भि.एच १८४६, आर.एम.एल १४५÷आर .एल १११, आर.एम.एल १४५ ÷आर.एल.९८, आर.एम.एल. १४५ ÷आर.एल २, भि.एच १८६१४ अनुसन्धानगरिएको हो ।

सो स्वदेशी हाइव्रिड जातका मकैको विरुवाहरु मध्ये कुनजातको राम्रो विरुवा र रोग कीरा रहित रहेको अनुसन्धानगरिएको बताइन् ।

अनुसन्धानगरिएको स्वदेशी हाइव्रिड ८ वटा जातका मकै मध्ये आर एमएल १४५ ÷आर एल ९८, आर एमएल १४५ ÷आर एल २जात राम्रो देखिएको र माटोमाउपयुक्तहुने बताए ।