मोरङ । साहित्यकार दीप मङग्राती निरीहले लेखेको छोइछिटो नामक लघुकथा संग्रहको एक साहित्यीक कार्यक्रमको आयोजना गरि सार्वजनिकीकरण गरिएको छ । 

   लेखक मङग्रातीले स्वर्गीय  आमाको पाँचौ वार्षिक स्मृति दिवसको अवसर पारेर लघुकथा सङग्रह सार्वजनिकरण गरेका हुन । 

   बेलवारी साहित्य विकास समिति बेलवारीका लागि केवलकुमारी मङग्राती प्रकाशक रहेको लघुकथा सङग्रह सार्वजनिकीकरण कार्यक्रम बेलवारी साहित्य विकास समिति बेलवारीका अध्यक्ष लिला लेकालीको अध्यक्षता तथा कवि अनिल पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । IMG_0530

   साहित्यकार इरान राईले सार्वजनिक गरिएको लघुकथा सङग्रह छोइछिटो को टिप्पणी गरेका थिए । 

कार्यक्रममा लेखक मङग्रातीले आमाको स्मृतिमा लघुकथा सङग्रह प्रकाशित गरेको सङग्रह छोइछिटो विषयमा  जानकारी गराएका थिए । एक सय ५ पृष्ठ रहेको पुस्तकमा ५१ वटा लघुकथाहरु समावेश रहेका छन ।IMG_0540

 कार्यक्रममा सहभागी साहित्यकारहरुले आ आफना साहित्यीक सिर्जनाहरु प्रस्तुत गरेका थिए । लघुकथा सङग्रह सार्वजनिकीकरण कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्साल, साहित्यकार विधान आचार्य,कृष्ण प्रधान,बेलबारी नगर पालिका ४ का वडा सदस्य चन्द्र कुमार मङग्राती लगायतका साहित्यकारहरुको सहभागिता रहेको थियो ।IMG_0544