इटहरी । मोरङ र सुनसरीलाइ मध्यनजर गर्दै र्कायक्रम सञ्चालकहरुलाइ सुदृढ र दक्ष,अबल, बनाउने उद्देश्यले मोरङको गोठगाँउ स्थित पञ्चायत मा वि मा एक दिवसिय उद्योषण कला तालिम आयोजना गरिएको छ।
पहिलो पाइला नेपाल ले योगदान राष्ट्रका लागि सुन्दरहरैचा नगर र्काय समितिको सह-आयोजनामा उद्योषण कलामा दक्षता प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो।
पहिलो पाइला नेपालका केन्द्रिय सदस्य निराजन धमलाको आतिथ्य तथा पहिलो पाइला नेपालको सुदरहरैचा नगर अध्यक्ष मनोज लामा कार्कीको अध्यक्षतामा रहेको तालिम र्कायक्रममा २० जना प्रशिक्षार्थीका रुपमा सहभागि रहेको छ। तालिम र्कायक्रममा कसरी बोल्ने,कस्ता शब्द चयन गर्ने, उद्योषकको बोलिले स्रोतामा पार्ने प्रभाब लगायतका विषयमा पहिलो पाइला नेपालका केन्द्रिय सदस्य निराजन धमलाले प्रशिक्षण दिएका थिए। सुन्दरहरैचामा बृक्ष रोपण,सार्वजनिक स्थल,पाटी,मठ मन्दिर आदी जस्ता ठाँउहरुमा सरसफाइ र बिगतमा गरिएको कामहरुलाइ स्मरण गर्दै पहिलो पाइला नेपालले उद्योषकहरुको दक्षताका लागि समेत तालिम र्कायक्रम सञ्चालन गर्ने योजना अनुसार तालिम राखिएको सुन्दरहरैचा नगर सचिव ज्ञानु घिमिरेले वताए।
तालिम र्कायक्रमको उद्घाटन सत्रमा योगदान राट्रकालागि मोरङ जिल्ला अध्यक्ष संयोग ढकाल,इटहरी शाखा सदस्य बिपिन पौडेल ,पहिलो पाइला नेपालका केन्द्रिय सदस्य मिलन लुइटेल आदिको सहभागिता रहेको थियो।




















