Breaking सुनसरीमा भख्खरै भयानक दुर्घटना

  • माघ २१, २०७८
  • सप्तकोसी अनलाइन
alt

इटहरी , सुनसरीको लौकही क्षेत्रमा पर्ने भोक्राहा नरसिंह ३ र ६ को सिमानामा रहेको पुलमा यात्रुवाहक बस एक आपसमा जुध्दा बसका चालक सहित तीन जनाको मृत्यु भएको छ । 

साँझ ७ बजेर १९ मिनेटमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको काँकडभिट्टा काठमाडौँ जाँदै गरेको यात्रुवाहक रात्रि बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । 

आफू घटनास्थलमै रहेको र ट्रक र बस एक आपसमा जुध्दा आगो लागेको स्थानमा रहेको बताउँदै उनले  मानिसको मृत्यु भएको छ तर के कति जना भन्ने अझै खुली नसकेको बताए । तर यात्रुहरूको अनुसार ४ जनाको मृत्यु भएको बताइए पनि १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले भने बसका चालक सहित ३ जनाको मृत्यु भएको पुष्टि गरे । 

जुधेका सवारीमा आगलागी भएकोले आगो निभाउन समय लागेको र क्रेन लगाएर अहिले ट्रक र बस अलग गराउँदै गरेको उनले बताए । दुर्घटनाबाट के कति मानिसको मृत्यु भएको हो अझै खुलिसकेको छैन । घटनाको पूर्ण विवरण आइसकेको छैन । 


    हाम्रो बारेमा

    • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
    • सप्तकोसी अनलाइन
    • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
    • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
    • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
    • स्थायी लेखा नं.: ६०३५५०७८२
    • विज्ञापन तथा सुचनाको लागि
    • ९८४२१८२६०२, ९८१९३४५६२७

    हाम्रो टीम

    • अध्यक्ष/सम्पादक विकल रेग्मी
    • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल
    • प्रमुख कार्यकारी अधिकृत केशव सिग्देल (पवन)