उर्लाबारी । मोरङको उर्लाबारीमा होण्डा ब्राण्ड मोटरसाइकलको आधिकारिक बिक्रेता ऋषियाना अटोमोवाईल प्रा.लि. उर्लाबारीले शोरुम संचालनमा ल्याएको छ ।

सोमबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले शोरुमको उद्घाटन गर्दै ऋषियानाले आफ्नो आधिकारीक विक्री सुरु गरेको हो ।

कार्यक्रममा बोल्दै मेयर फागोले उर्लाबारीको व्यवासायिक क्षेत्र फराकिलो भएका कारण उर्लाबारीलाई केन्द्र बनाएर आउने जुनसुकै पेशाव्यावसाय गर्न आउनेलाई नगरपालिका स्वागत गर्न तयार रहेको बताए ।

साथै उनले व्यावसायिक सुरक्षाका लागि नगरपालिकाले अपनाउनु पर्ने आधारभुत कुराहरुको विकास गर्न नगरपालिका लागि परेको समेत बताए ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारीका नगरसभापति सुरेन्द्र लिम्बू, उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का सदस्य प्रितम खड्गी, रेडक्रस सोसाइटी उर्लाबारीका अध्यक्ष मदनबाबु प्रसाईलगायतले व्यावसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटनको अवसरमा शोरुमले एक्सचेञ्ज अफर ल्याएको छ । होण्डाको नयाँ प्रस्तुतिको रूपमा रहेको ३ सय ५० सिसिको हाईनेस बाईक र २ सय सिसिको हर्नेट बाईकसहित अन्य नयाँ मोटरसाइकलहरु अब उर्लाबारीको सोरुममा उपलब्ध रहेकोे सञ्चालक मिलन गौतमले बताए ।

गौतमका अनुसार जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएपनि एक्सचेञ्ज अफरअन्तर्गत होण्डाका बाईक एवं स्कुटीहरु लान सकिने र प्रत्येक मोटरसाइकलमा न्यूनतम ५ हजारको छुट अफरसमेत रहेकोे छ । 

एक्सचेञ्ज अफर एक साता सम्म रहनेछ । उर्लाबारीमा चाडै अत्याधुनिक उपकरणसहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याईने र पथरी लगायतका क्षेत्रमा समेत शाखा मार्फत सेवा दिने साथै फाईनान्सको ब्यवस्थापन गरिएको छ । कार्यक्रम प्रालिका अध्यक्ष रञ्जित चौहानको सभापतित्वमा सम्पन्न् भएको थियो ।