लोक चौहान, अमेरिका । लामो समय देखी अमेरिकामा बसोवास गर्दै आएका चर्चित पुर्वेली लोक गायक महेश बुढाथोकीको सिमल बारुलै’ बोलको लोक भाकाको गित हालै सार्वजनिक गरेका छन् ।

बुढाथोकीले ‘सिमल बारुलै’ गितको रेकर्ड पछी म्युजिक भिडियो समेत युटुव च्यानलमा सार्वजनिक गरी गायक बुढाथोकी अमेरिका फर्की सक्नु भएको छ ।

अमेरिका रहदै रचना गरिएको गायक स्वयमकै शब्द र स्वरमा रहेको ‘सिमल बारुलै’ को म्युजिक भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानल र पुर्वाञ्चल रेकर्डिङ स्टुडियोको युटुव च्यानल मार्फत हेर्न सकिने छ ।

पुर्वेली भाका र पुर्वेली पहिचान झल्कने म्युजिक भिडियोको दृश्यमा देख्न सकिन्छ भिडीयोमा मेलिना ठकुरी, सुमी लामिछाने, विशाल खड्गी र याम गुरुङको अभिनय रहेको छ ।

भिडियोको डाइरेक्टर कोरीयोग्राफी कमल खालिङ, छायाङकन मेघराज मग्रान्ति र कुन्दन राईको एरेन्ज साथै भाका रहेको सिमल बारुलै गितको म्युजिक भिडियो गायक बुढाथोकीले हालै सार्वजनिक गरेका हुन ।