इटहरी । कार्जस्पा कार डिटेलिङको  इटहरीमा दोस्रो शाखा सञ्चालनमा आएको छ ।

 कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा काठमाण्डौ पछी इटहरीको धरान लाइन हलगडामा विहीवार उद्घाटन ष्रिएको हो ।

 लामो समय लण्डन बसेर फर्किएका इटहरीका युवा बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा डिटेलिङको पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बाले उद्घाटन गरेका हुन् ।20220127_123155

पूर्वकै ब्यपारिुक केन्द्रको रुपमा रहेको इटहरी उपमहानगर पालिका चारै तर्फका धरान र विराटनगर, बिर्तामोड लगायतका साधन प्रयोगकार्ताहरु लाई लक्षित गरेर इटहरीमा संचालनमा ल्याएको  कार्जस्पा डिटेलिङका नेपाल प्रमुख तरुण अहुजाले बताए । 

 उनले विराटनगर ,धरान भन्दा इटहरी सम्भावना बोकेको व्यापारिक केन्द्र भएकाले संचालन गरेको बताए । 20220127_122441

कार्जस्पाले कारवास, कारको होलबढीलै चम्काउने चेकअप गरी उपचार गर्ने विधि लगायतका कामहरु गर्ने जानकारी दिए । 

कार्जस्पामा कार वा बाइकको सम्पूर्ण पार्ट्सको मर्मत गरिन्छ भने सवारी साधनलाई सुन्दर तथा आकर्षक बनाउने कार्जस्पा उपयोगी हुने इटहरीका सञ्चालक लिम्बुले बताए । 20220127_121706

चलाइरहेको गाडीको बाहिरी तथा भित्री आवरणमा उल्लेख्य सुधार हुने उनको भनाई छ । 

नेपालमा अटोमोबाइलको व्यापार बढ्दै गएको कारण पूर्व नेपालको प्रमुख सहर इटहरीमा खोलिएको उनले बताए  । 

जसमा वास, भ्याकुमिङ र वाक्सीङ तथा अटो डिटेलीङ गरिने उनले बताए ।