झापा/ युवाहरुलाई आत्मानिर्भर र सक्षम बनाउने उदेश्यले झापा कमल गाउँपालिकामा युवा रोजगारका विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ । युवाहरु रोजगार भएमा मात्र गाउँपालिकाको विकास हुनेछ भन्ने उदेश्यका साथ २ महिने फ्रिज, एसी मर्मत तालिम सञ्चालनमा ल्याएको हो । स्वदेशमै युवाहरुलाई आत्मानिर्भर गराउन प्रत्यक वडाका तिन तिन जना युवाहरुको सहभागितामा तालिम सञ्चालनमा ल्याएको हो । सुनसरीमा रहेको स्वरोजगार ट्रेनिङ सेन्टरले तालिम सञ्चालन गरिरहेको छ भने यसको व्यबस्थापन गाउँपालिकाले नै गरेको छ । प्रत्यक वडामा रहेका युवाहरु बेरोजगारी भएर समय विताई रहेकाहरुलाई एसी फ्रिज मर्मत तालिममा सञ्चालनमा ल्याएको हो । स्वदेशमै युवाहरुको भविष्य उज्ववल बनाउनका लागी पालिकाको तर्फबाट सक्दो सहगोग गर्ने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भएको छ । नेपालमै श्रोत साधन प्रशस्त मात्रामा हुदाँ हुदै पनि युवाहरु विदेश जाने र भारत तथा तेस्रो मुलुकबाट नेपाल आएर मासिंक लाखौ रमक कमाइरहेका छन् तर नेपालमै बस्ने युवाहरुले पनि अवशर पाएमा त्यसबाट फाइदा उठाँउन सक्छन भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको काफ्लेले बताउनु भएको छ । पछिल्लो समय प्रविधिको युग भएकाले प्रत्यक घरमा एसी फ्रिजहरु छन तर यो विग्रीयमा यसको मर्मतको अभावमा लाखौँका सामान कवाडिमा जाने गरेका छन् तर यसको मर्मत गर्न सके युवा पनि रोजगारी हुनेहुदाँ यस्ता कार्यक्रम आवश्यक रहेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनु भएको छ । यस कमल गाउँपालिकाले स्थानिय सरकार आएपछि मुख्यतया युवा र महिलाका क्षेत्रमा कामहरु गदैै आएको छ साथै यस गाउँपालिकाले फागुन मसान्त भित्र वालमैत्री पालिका घोषणा गर्ने समेत गर्ने अध्यक्षले जानकारी दिनुभएको छ ।

272088651_349176090541670_2848029300089295746_n271951227_870256793642764_1098879242371965292_n31b1f329-fb64-4581-8d0f-0a09419fcc89 1272015310_467510728373795_3168502154325714698_n