इटहरी : इटहरी उपमहानगरभित्र रहेर उच्च शिक्षा अध्ययन गरिरहेका छात्र छात्राहरूलाई पठनपाठनको हौसलाका निमित्त छात्रवृति बितरण गरिएको छ । इटहरी उपमहानगरपालिकाले इटहरीमा रहेर अध्ययन गर्ने ६१ जना विद्यार्थीहरूलाई छात्रवृति प्रदान गरेको हो ।
उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई आर्थिक अवस्था कमजोर भएका कारण उनीहरू शिक्षाबाट बञ्चित रहने अवस्था नपुगेस भनी छात्रवृति बितरण गरेको इटहरी उपमहानगरपालिकाकी उप प्रमुख लक्ष्मी गौतमले बताउनु भएको छ । इटहरीमा अध्यापन गरिरहेका दलित समुदायका विद्यार्थीहरू कोही पनि शिक्षाबाट बञ्चित नहुन भनेर यस्तो कार्यक्रम गरेको गौतमले बताउनु भएको छ ।
यसरी उपमहानगरकाको यो सहयोगबाट विद्यालयमा फम भर्न देखि पुस्तक किन्न समेत सहज भएको विद्यार्थीहरूले बताएका छन् ।
हरेक वर्ष इटहरीले उच्च शिक्षा अध्ययन गरिरहेका छात्रछात्रालाई हौसला स्वरुप छात्रवृति वितरण गरेको छ । यो वर्ष पनि ६१ जनालाई प्रति व्यक्ति २४०० का दरले वितरण गरेको हो ।




















