सुनसरी :  कौशी खेतीलाई थप प्रवद्र्धन गर्न इटहरी ४ मा  एक दिन कौसी खेती तालिम संपन्न भएको छ । 

इटहरी ४ शान्त मार्गका रहेको  मगर संघको हलमा भएको उक्त तालिममा पाथिभारा कृषी समुहका  २५ जाना कृषकको उपस्थिती रहेको थियो । 

अन्यत्रबाट आएका तरकारी नगरवासीले प्रयोग नगरुन् भन्ने सोचका साथ इटहरी उपमाहानगरपालीका  कृषी साखाको आर्थिक सहयोत र पाथिपारा कृषी समुहको आयोजना  उक्त तालिम सम्पन्न भएको हो । 

समय अनुसारको तरकारी खेती सम्बन्धि तालिम दिई बाँझो बारी र कौसीको सदुपयोग गर्न सिकाउन तालिमको आयोजना गरिएको पाथिभार कृषी समुहका अध्यक्ष एकराज खत्रीले बताउनुभयो । 

अर्गानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया बारे तालिममा सिकाइएको  सहभागीहरुले बताउनुभयो  ।