पथरी । पुष महिनाको चिसो मौषमा चर्चित गायक प्रमोद खरेल, बबिना किराती स्थानिय गायक नन्दु गुरुङ सहितको कलाकारहरुको टिमले पथरीमा साङगेतिक धमका गर्ने भएका छन् ।

मोरङको पथरीशनिश्चरे-२ मा रहेको सिनभिलेज पार्टिप्यालेसमा पौष ३० गतेका तय भएको सिनभिलेज म्युजिकल कन्सर्ट २०२२ मा सहभागी हुन उनिहरु आउने भएको आयोजकले जनाएको छ ।

साँझ ५ बजेदेखि हुने कन्सर्टमा खरेल प्रमुख आकर्षणका रुपमा रहने छन् भने खरेलका साथमा बबिना किराँती, नन्दु गुरुङ, सुरेश धिमाल, सिद्धान्त खड्का, ताराबीर पाण्डे लगायतले प्रस्तुती दिने भएका छन् । 

कन्सर्टका लागि आयोजकले नर्मल टिकट २५० का दरले बिक्रि गरिरहेको छ । २५० का दरका ६ सय बढि टिकट बिक्री भइसकेको संचालक दिपक बुढाथोकीले जानकारी दिए । 

सन्सर्टका लागि भिआइपी १ हजार दरका टिकट पनि राखिएको छ । सो एकवटा टिकटबाट परिवार सहित कन्सर्टमा सहभागी हुन सकिने र १ वर्ष भरिका लागि सिनभिलेजमा जाँदा बिलमा उठेको रकमको १० प्रतिशत छुट समेत पाउने बुढाथोकीले बताए । भिआइपी टिकट आज सम्ममा २ सय भन्दा बढि बिक्री भएको बुढाथोकीले जानकारी दिए ।

१ विगाह क्षेत्रफलमा फैलिएको सिनभिलेजमा हाल ९ जनाको लगानी रहेको सिनभिलेज सञ्चालक अध्यक्ष टंक बहादुर गुरुङले बताए । जमिन सहित हालसम्म १५ करोड हाराहारी लगानी रहेको सिनभिलेजले हाल २६ जना कर्मचारीलाई रोजगार दिइरहेको छ  कन्सर्टमा बेलबारी, केराबारी, लेटाङ, भाउन्ने, कानेपोखरी, जाँते, उर्लाबारी, मिक्लाजुङ देखिका मानिसहरु सहभागी हुने अनुमान आयोजकको रहेको छ ।

खानाका थुप्रै परिकारहरु सहित पारिवारिक वातावरणमा सिनभिलेजमा सुविधा सम्पन्न १८ वटा डिलक्स रुम, ८ सय हाराहारी मानिस अटाउने एसि सहितको हल, मिनिहलहरु, रेस्टुरेन्ट र सुविधा सम्पन्न स्वीमिङ पुल समेत रहेको संचालक टिमले जनाएको छ । आगामी दिनमा सिनभिलेजलाई हेल्थ क्लवका रुपमा पनि विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।