सुनसरी : पछिलो समय देशको राजनीतिमा सबै उमेर समुहका ब्यक्तिहरू को आकर्षण बढ्दै गएको छ । शिक्षित अनि नयाँ भिजन भएका युवा तथा लामो समय देखी सक्रियतामा राजनीतिमा लागी नपर्नेहरूको प्रवेशले राजनीतिलाई अझ समृद्ध बनाएको छ । यस्तैमा सुनसरी जिल्लामा जारी नेकपा एमालेको जिल्ला अधिवेशनमा राजेश लम्सालले जिल्ला सदस्यका उम्मेदवारीले दिएका छन् । 

२०४९ साल देखी नै भा सी मा बि झुम्काका अनेरास्ववियु सदस्य भएका लम्सालले पार्टीका बिभिन्न संघ संगठन मा बसी सङ्गठनले दिएको जिम्मेवारीहरू निरन्तर रुपमा निर्वाह गरेकोले यस अधिवेशनमा जिल्ला सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् । उनले पार्टीमा  सबै उमेर समुहका ब्यक्तिहरू को भावनाअनुसार अझ सक्रियतापूर्वक अघि बढाउन आफूले उम्मेदवारी दिएको  बताएका छन् ।

271424619_1090187294855599_7556115185315193336_n