वि स २०२० सालमा जन्मनुभएकी शर्मा ललिता सुरुवाती चरणबाटै साहित्यीक क्षेत्रमा अब्बल मानिदै अाउनु भएकाे छ भन्ने प्रस्ट उहकाे कृतिहरुले बताउछ । मख्यतया सुन्दर प्रकृतिभित्र हराउन रुचाउने ललिताले नेपालि साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । पेशाले शिक्षण पेशा अङगाल्नुभएकी उहाँले समाजमा शिक्षाको ज्योती छर्ने मात्र नभएर साङगीतिक क्षेत्रमा समेत राम्रो प्रभाव पानु भएको छ । साहित्य र गीत संगीत क्षेत्रमा सानै उमेरबाट रुचि राख्दै आउनुभएकी शर्मा ललिताको सपना ‘क’ (बाल चित्रकथा) २०७५ प्रकाशीत भएको छ भने गीत संगीत क्षेत्रमा भने मेरी आमा, सतही माया, वित्यो वालापन, ए मन लगाएत उहाँकाे रचनामा रहेका गितहरू प्रकाशित भएका छन् । पछिल्लो समय उहाँको बिमोचन भएको बालकथा सङ्ग्रह “चन्द्रलोकको सानो साथि “ र उहाँकै रचनामा रहेको आधुनिक गितः ए मन एकै साथ रिलिज भएको छन् । उहाँले गित संगीतका क्षेत्रमा मात्र नभएर नेपालगञ्जमा बसेर सरस्वती माबिमा शिक्षण पेशा अङगालि रहनु भएको छ । उहाँका कृतिहरुमा समाजमा भएका यथार्त घटना , मानव र प्रकृति बिचको सम्वन्धलाई देख्न सकिने छ । वालवालिका र उनिहरुको अभिनयलाई बाहिरी बजारमा ल्याउन उहाँको महत्वपुणर् हात रहने गर्दछ । अवसको खोजिमा भौतारिहेकाहरुलाई उचित स्थानमा लगेर प्रतिभाको कदर गर्नमा उहाँको भुमिका अब्बल रहर्दै आएको छ ।उहाकाे रचनामा रहेका गितहरुमा पहिलाे सपनाकाे क किताबले बच्चाकाे बाैदिक क्षमताका बिषयलाई मुख्य बिषयबस्तु बनाईएकाे छ । उहाकाे स्थाइ बसाेबास बाके मा बालसाहित्य क्षेत्र त्यति नफस्टायकाे कारण काठमाडौ बाटै साहित्य क्षेत्र लाई अगाडि बढाउन सकिन्छ भन्ने उहाकाे अासय पनि छ र अगामि दिन मा गित रचना र साहित्यलाइ अझ सुन्दर बनाउदै लाने उहाँ काे लक्ष्य पनि छ । उहाँ सरल सान्त र निस्वर्थ भाब उहामा भेटिन्छ । हरेक बच्चाहरुकाे भावना बुुझ्ने र बालबालिकासंग उहाँ रमाउने गर्नुहुन्छ ।

उहाँको यो कामबाट विभिन्न सस्थाहरुबाट पुरकृत समेत हुनु भएको छ । जसका राष्ट्रिय शिक्षा पुरस्कार २०६१ , शिक्षा दिवश २०५६ कदरपत्र, नेपालगञ्ज ग्रामिण स्वास्थ्य सेवा गुठि प्रशंसापत्र २०६८ र २०७३ जस्ता पुरस्कारहरुबाट पुरस्कृत हुनु भएको छ ।