उर्लाबारी । मोरङको उर्लाबारीमा होटल ग्रान्ड क्रिष्मस नाइट २०२१ हुने भएको छ । 

यही पुस १० गते आर्थात डिसेम्वर २५ तारिकका साझ होटल ग्रान्डमा  चर्चित गायक शिव परियार आउने कार्यक्रम तय भएको छ ।नाइट कन्सर्टमा नेपाली सुगम संगीतका चर्चित गायक शिव परियार मुख्य आकर्षणको रुपमा प्रस्तुत हुनेछन् । 

यस्तै अन्य गायकहरूमा नन्दु गुरुङ, सुरेश धिमाल, पारस तामाङ, आकाश क्षेत्रीको पनि बेजोड प्रस्तुति रहनेछ । सो कार्यक्रममा अल राउन्ड डान्स स्टुडियो एण्ड न्यू डान्स लेडिज फिटनेट हाउसको प्रस्तुति रहनेछ ।

कार्यक्रममा प्रस्तोता गायक तथा संगीतकार तारावीर पाण्डले सम्हाल्ने भएका छन् भने राजेन्द्र गिरीले जादु पस्कने बताइएको छ । साथै पूर्वाञ्चलका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

१२ सिंगे वियरको मुख्य प्रायोजन रहेको कार्यक्रममा ३ हजारको हाराहारीमा दर्शक आउने अनुमान रहेको होटल संचालक केशव भट्टराइले बताए ।

होटल ग्रान्डले होटललको उद्घाटन सगै मासिक रुपमा सांगितक कोशेलीहरु पस्कदै आएको छ भने सो कार्यलाई निरन्तरता दिदै जाने अर्का संचालक विवेक दाहाल, नविन कुमार भट्टराईले बताए ।