इटहरी । पठन पाठन संगै बिद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न बिद्यालय स्तर देखिनै बिभिन्न क्रियाकलापहरु गर्दै आएको उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ नेपाल (हिसान)को आयोजनामा  आइतबार इटहरी स्थित  बिश्व आदर्श स्कुलमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।  

 हिसान बिद्यालय क्रियाकलाप अन्तरगत आइतबार इटहरीस्थित बिश्व आदर्श स्कुलमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा इटहरी र झुम्कामा रहेको ६ वटा बिद्यालयका बिद्यार्थीहरुको प्रतिस्पर्धा रहेको थियो । 

प्रतियोगितामा इटहरीको बिश्व आदर्श स्कुल , कोशि सेन्टजेम्स ,पिसजोन आवसिय मावि ,सुस्मा सेकेन्डरी स्कुल , ग्रीनपिस सेकेन्डरी, र झुम्काको लर्ड बुद्ध इन्टरनेश्न स्कुलका बिद्यार्थीबिच प्रतिस्पर्धा भएको थियो ।IMG_0022

प्रतियोगितामा नृत्य तर्फ इटहरीको बिश्व आदर्श प्रथम भएको थियो भने दोश्रो कोशि सेन्ट जेम्स स्कुल , तेश्रो लर्ड बुद्ध इन्टरनेश्नल स्कुल झुम्का र सान्त्वनामा इटहरीको सुस्मा सेकेन्डरी स्कुल रहेको थियो । त्यसैगरी गायन तर्फ ग्रिनपिस स्कुलका प्रवेश आर्चाय प्रथम , कोशि सेन्ट जेम्सका मन्दिप श्रेष्ठ दोश्रो , बिश्व आदर्श स्कुलका उन्नती ढकाल तेश्रो र बिश्व आदर्शकै अविर भेटवाल सान्त्वना भएका थिए ।   IMG_0032

प्रतियोगिता अन्तरगत नृत्य पक्षमा पनिता तामागं , अमन गुप्ता र सुनिता थापा निर्णायकको भुमिकामा रहेका थिए भने गायन तर्फ सुनिता कट्वाल,बिदुर कार्कि र बिनायक राइ निर्णायक रहेका थिए । प्रतियोगिता बिश्व आदर्श स्कुलका सहायक प्रधानाध्यापक मोहन प्रसाद निरोलाको संयोजकत्वमा भएको थियो ।   

प्रतियोगिता हिसान बिद्ययालय नगर सििमतिका संयोजक गणेश दुलालको अध्यक्षता तथा हिसानका केन्द्रिय सल्लाहाकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे लगायत अन्यको उपस्थिती रहेको थियो ।