धनकुटा ।  जिल्लाकै पहिलो र पूरानो मानिएको धनकुटा बचत तथा ऋण सहकारी संस्था लि.को आ.व.०७७/०७८ मा वार्षिक कारोबार २१ करोड, २४ लाख, १९ हजार, ३ सय ५४ पुगेको छ । 

सहकारीको बुधबार सम्पन्न १७ औं वार्षिक साधरणसभामा व्यवस्थापक तथा सचिव खजिन्द्र राईले पुँजी निर्माण तर्फ लक्ष्य प्रगती तथा वार्षिक कार्ययोजना प्रस्तुत गर्दै २१ करोड, २४ लाख, १९ हजार, ३ सय ५४ रु बराबरको कारोबार उल्लेख गरेका हुन् । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङको प्रमुख आतित्थ्यमा सम्पन्न साधरणसभामा व्यवस्थापक राईले आ.व.०७७/०७८ मा शेयर विक्रि तर्फ १२ लाख, ७२ हजार, २ सय, शेयर फिर्ता तर्फ ८ लाख, १५ हजार, निक्षेप संकलन ६ करोड, २४ लाख, २५ हजार, १ सय ३०, निक्षेप फिर्ता ५ करोड, ४९ लाख, ४३ हजार, ७१ रहेको जनाएका छन् । त्यसैगरी उनले ऋण माग तर्फ ५० लाख, ७१ लाख, ५६ हजार, ६ सय ७७, ऋण लगानी तर्फ ४ करोड, ४१ लाख, ९० हजार, ३६ र ऋण अशुली तर्फ ३ करोड, ६६ लाख, १७ हजार, २ सय ४० रहेको बताए । 

१६ औं वार्षिक साधरणसभामा आ.व.०७७/०७८ को लागी पुँजी निर्माण तर्फ वार्षीक कारोबार ४९ करोड, २८ लाख प्रस्ताव गरेको भए पनि यथार्थ कारोवार भने २१ करोड, २४ लाख, १९ हजार, ३ सय ५४ भएको व्यवस्थापक राईको प्रतिवेदनमा उल्लेख छ । उनले आ.व.०७८/०७९ को लागी ३८ करोड, ७५ लाख  प्रस्ताव गरेका छन् । 

१ हजार, ३ सय, ३९ शेयर सदस्य संख्या रहेको धनकुटा बचत तथा ऋण सकारी  संस्था लि.ले आ.व.०७७/०७८ मा उत्कृष्ठ कारोबार गर्ने धनकुटा–६ का फूलमाया काफ्लेलाई प्रसंशा पत्र प्रदान गरेको छ । त्यसैगरी उत्कृष्ठ शेयर खरिद गरेबापत धनकुटा–७ का थाबहादुर राई र उत्कृष्ठ निक्षेप कारोबार गरे बापत धनकुटा–७ का मनकुमारी लिम्बूलाई संस्थाको तर्फबाट प्रसंशा पत्र प्रदान गरिएको थियो । 

धनकुटा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष निरेन तितुङ तामाङको अध्यक्षतामा सम्पन्न १७ औं साधरणसभामा नगर प्रमुख चिन्तन तामाङ, नेकपा एमालेका पूर्व सांसद गोपाल गुरागाँई, जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय धनकुटाका प्रमुख रोजन गुरुङ, शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामचन्द्र गुरागाँई, शुलभ बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधि पदम पराजुली, धनकुटा महिला वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तारा तितुङ तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

साधरणसभामा स्वागत मन्तव्य उपाध्यक्ष खेमनाथ घिमिरेले राखेका थिए भने संचालन लेखा समिति सदस्य सरोज भूजेलले गरेका थिए । सो अवसरमा धनकुटा बचत तथा ऋण सहकारी संस्था लि.को हालको संस्थाको कार्य संचालक समितिलाई आगामी ५ वर्षे कार्यकालको लागी साधरणसभाले पुनः निर्वाचित समेत गरेको छ ।