काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग आइडी सीपीसीका उपमन्त्री चेन चाओबीच बार्ता भएको छ । मंसिर २७ गते अर्थात डिसेम्बर १३ मा भीडियो वार्ताका क्रममा चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिदै दुई पार्टी बीचका अन्तर सम्बन्धित विचारहरुलाई अझ बढी बलियो बनाउदै लैजाने बताएका छन् । मंगलबार मंसिर २८ गते संसदमा एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्न बैठक आयोजना गर्दै छ ।2

यस्तो संवेदनशील समयमा चीनले ठुलो पार्टी नेपाली कांग्रेससँग पनि सम्वाद गर्ने कार्यक्रम रहेको छ । यसमा नेपाल र चीनको सम्बन्ध बलियो बनाउन चीन र नेपाली काँग्रेस बीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने समेत बताइएको छ । हालका दिनहरुमा सीपीसीलो नेपाली राजनीतिका पार्टीहरुसंग सम्पर्क विकास गरिरहेको छ । नोभेम्बर ५ का दिन, नेकपा (एकिकृत समाजबादी) का अध्यक्ष माधबकुमार नेपालसँग चेन चाओसँग दुई पार्टी बीचमा नयाँ अध्यायको शुरुवात गर्दै भीडियो वार्ता गरेका थिए ।1

नोभेम्बर २२ मा दक्षिण एसियाली वाम पार्टी र सरकार वीचको अनुभव सेमीनार तथा छैटौ प्लेनरी सेसन एवम् सीपीसी केन्द्रीय समितिको नीति गत विषयको विचार आदानप्रदान सम्पन्न भएको थियो । त्यस बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलकमल दाहाल उपस्थित भएर आफ्नो विचार राखेका थिए । । सीपीसीले हासिल गरेको उच्चस्तरको सफलताले नेपाली सबै राजनीतिक पार्टीहरुकालागि सुखद रहेको र यसले आपसी सौहार्दतता दीगो, स्वस्थ तथा नेपाल चीनवीचको विकास सम्बन्धमा गहिरो सम्बन्ध रहेको उल्लेख गरेका थिए ।