इटहरी । कोरोना कहरका कारण लामो समय देखि सांगितिक कार्यक्रम , मेला महोत्सवहरु हुन नसकिरहेको समयमा संक्रमण कम हुदै जनजिवन सामान्य तर्फ फकदै आई रहेको समयमा पुर्वी नेपालमा सांस्कृतिक कार्यक्रमहरु धमाधम हुन थालेका छन ।

सांस्कृति कार्यक्रम आयोजनालाई मुख्य उद्धेश्य वनाएर केही समय अघि कम्पनी रजिष्ट्रर्डको कार्यालयमा दर्ता भएको ग्यालरी इभेन्टर्स नेपाल प्राइभेट लिमिटेडले अग्रेजी नयाँ वर्षको अवसर पारेर सुनसरी इटहरीमा रिफ्रेस नाईट कन्सर्ट आयोजना गर्ने भएको छ ।   अग्रेजी नयाँ वर्षको अवसर पारेर आगामी पुस १७ गते इटहरी रंगशालामा  रिफ्रेस नाईट कन्सर्ट आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।IMG_2999

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विजय गिरीले ख्याति प्राप्त राष्ट्रिय  कलाकारहरु प्रमोद खरेल, अल्मोडा राना उप्रेती , प्रकास सपुत लगायतका कलाकारहरु प्रस्तुति रहने वताए त्यसै गरी संयोजक गिरीले इटहरीमा मानसिक रोगीहरुलाई समेत संरक्षण गर्दै आएको मायाघर नेपालको सहयोगका लागि समेत कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा प्रदेस नम्बर १ मै चर्चित बिहानी डान्स सेन्टर इटहरीको प्रस्तुति समेत रहने जनाइयो । सांस्कृति कार्यक्रमका लागि प्रशेव शुल्क राखिएको तथा कार्यक्रमका लागि ८ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । 


((