इटहरी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको नीजि प्राइभेट कम्पनी भई सकेको आरोप लगाएका छन ।

    सुनसरीको इटहरीमा १ नम्बर प्रदेस स्तरिय पार्टीको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले चितवनमा सम्पन्न एमालेको अधिवेशनले जनताको बहुदलीय जनवादको खिल्ली उडाउयो क्यक्ति पुजाको संस्थार हुर्काएको समेत आरोप लगाएका हुन ।IMG_2862

     विचार मिल्नेहरु एक ठाउँमा हुन्छन भन्ने कुरालाई प्रमाणित गर्दै संविधानलाई नमान्ने गणतन्त्रलाई उल्टाउन चाहने राप्रपा र ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्थामा पुगेको समेत नेकपा एसका अध्यक्ष नेपालले टिप्पणी गरे । उनले संविधान र गणतन्त्रको रक्षाका लागि पाँच दलिय गठवन्धन भएको समेत स्पष्ट पारे । एमाले छोडेर केही महिना अघि मात्र नेकपा एकीकृत समाजवादी स्थापना गरेका नेपालले मन्तव्यको धेरै समयमा ओलीको आलोचनामा खर्चिएका थिए । IMG_2866कार्यक्रममा नेकपा एसका सचिव राजेन्द्र राईले , सुनसरी जिल्ला इञ्चार्ज महफुज अंसारी लगायतले भेलालाई सम्वोधन गरेका थिए ।

संगठन विस्तार अभियान अन्र्तगत बुधबार सम्म चल्ने प्रशिक्षण कार्यक्रममा पार्टीका । प्रशिक्षण कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख प्रमेश हमालले दक्षिणपन्थी अवसरवाद तथा विसर्जनवाद विरुद्धको संघर्ष  उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले  पार्टी कार्यमा प्रचारात्मक कार्यको महत्वबारे र पार्टी सचिव तथा प्रदेश नम्बर १का मुख्य मन्त्री राजेन्द्र राईले प्रदेश सरकारको अवस्था र कार्य योजना विषयमा प्रशिक्षण दिने जनाइयो । प्रदेश नम्बर १का अध्यक्ष वलदेव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा  उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज धनेन्द्र बस्नेत लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।  


((