मोरङ । मोरङको पथरी-शनिश्चरेबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ । पथरी-शनिश्चरे नगरपालिका–१ बुद्ध चोकबाट पथरी-शनिश्चरे–१ का २० वर्षीय सलबहादुर गुरुङ र सागर गोसनीलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय पथरीको टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध फेला परेको थियो । पक्राउ परेकाहरुको साथबाट एक सय ४८ ट्याब्लेट ट्रामाडोल र एक सय नौ ट्याब्लेट स्पास्पेन फेला परेको एसपी राईले बताए ।उनका अनुसार पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीले कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।