इटहरी । बजार पसल जबरजस्ती वन्द गराउदै हिडेका  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केही कार्यकर्ताहरुलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।  

   मुल्य वृद्धिको विरोधमा नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले इटहरीमा जबरजस्ती पसलहरु बन्द गराउदै हिडेपछि प्रहरीले पक्राउ गरेको हो ।

इटहरीमा हुल वनाएर बन्द गराउदै हिडेका २१ जना लाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 257304424_634340147993131_7452370207137162994_n 1 

  इटहरी चौक क्षेत्रमा बजार पसल तथा सवारी साधन जबरजस्ती वन्द गराउदै हिडेका केहीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव सुनसरीमा आंशिक रुपमा परेको छ । बन्दका कारण सार्वजनिक यातायातका साधनहरु फाटफुट रुपमा मात्र चलेका छन भने शैक्षिक संस्थाहरु वन्द गरेका छन । बन्दको प्रभावको जिल्लामा उत्तरी क्षेत्रमा केही परेको देखिन्थ्यो भने सदरमुकाम इनरुवा सहित जिल्लाका दक्षिण पश्चिम क्षेत्रमा नग्य रुपमा परेको छ ।

जिल्लामा धेरै ठाउँमा बजार पसल खुल्ला रहेका देखिन्छन । जिल्लाका अन्य ठाउँमा बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको उपस्थिती देखिएको छैन भने  इटहरीमा  केही मानिसहरु हुल वनाए बन्द गराउदै हिडेका थिए ।