मोरङ । उर्लाबारीको सबैभन्दा पुरानो सहकारी सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाको शनिवार हुन लागेको निर्वाचन विवादीत बनेको छ ।

सस्थाले शनिवारको निर्वाचनका लागि सचिव पदका उम्मेद्वार रविन भट्टराईलाई सर्वसम्मत गराउन निर्वाचन आचारसंहिता उल्लघन गर्दै सस्थाका व्यावस्थापक, बर्तमान समिती र निर्वाचन समिती हात धोएर लागि परेको खुलासा भएको छ।

सस्थाको मेरुदण्ड मानिएको बर्तमान कार्यसमिती, सस्थाका व्यावस्थापक र निर्वाचन समिती नै भट्टराईका प्रतिद्वन्दी मानिएका भरत कडेलको जालझेल गरेर उम्मेद्वारी बदर गराउने खेलमा लागेपछि सस्था सग निकट मानिएका भट्टराईलाई सर्वसम्मत गराउन तिनै तहका व्याक्तिहरु लागि परेको आरोप कडेल पक्षले लगाएको छ ।

कडेल पक्षले शनिवार हुने निर्वाचन कार्यक्रम रोक्न माग गरेको छ । संस्थाका लेखा संयोजक रमेश बिष्ट र शेयर सदस्य भरत कँडेलले शुक्रवार पत्रकार सम्मेलन गरी सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि आफू अनुकूल व्यक्तिहरुलाई संस्थाको नेतृत्वमा ल्याउने गतिविधि भएको भन्दै निर्वाचन समिति विघटन र व्यवस्थापकको राजीनामाको माग गरेका हुन् । 

संस्थाको सचिव पदमा उम्मेद्वारी दर्ता गर्न जाँदा आफूलाई रोकिएको कँडेलले बताए । उम्मेद्वार बन्न सबै प्रक्रिया पुगेपनि संस्थाका व्यवस्थापक राजकुमार बरालले उम्मेद्वारी दर्ता गर्नबाट आफूलाई रोकेको उनले बताए । आफू अनुकूल व्यक्तिलाई नेतृत्वमा ल्याउन सीमित व्यक्तिहरुले चालबाजी गरेको उनको भनाई छ  ।

वर्तमान लेखा संयोजक रमेश बिष्टले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् । पत्रकार सम्मेलनमा बिष्टले संस्थाको विधानको परिधिमा रहेर उम्मेद्वार बन्ने अधिकार सबै शेयर सदस्यलाई भएपनि कँडेललाई उम्मेद्वार बन्नबाट रोकिएको प्रति असन्तुष्टि जनाउँदै निर्वाचन स्थगित गर्नुपर्ने, निर्वाचन समिति विघटन गरी अर्को समिति बनाउनु पर्ने, व्यवस्थापक बरालले राजीनामा दिनुपर्ने माग राखेका छन् । 

साथै विष्टले सस्थाको सचिव पदमा निर्वाचन नगराई सर्वसम्मत तरिकाले अर्को व्याक्तिलाई ल्याउन सचिव पदका उम्मेद्वार कडेलको नियमित वचत नभएको र उम्मेद्वारी दिन नमिल्ने भन्दै जालझेल गर्न सस्थाका व्यावस्थापक बराल आफै लागि परि उम्मेद्वारीमा बञ्चित गराएको बताएका छन् ।

निर्वाचनमा सहभागि भएका अन्य उम्मेद्वारहरुले पनि नियमित बचत नगरेको तर भट्टराई लाई ल्याउन कडेलको मात्र उम्मेद्वारीमा विवाद निकालिएको बताए।

शनिवार हुने निर्वाचनमा अध्यक्ष पदमा डिल्लीराम सापकोटा, विश्वनाथ ढुंगाना र हेमचन्द्र थापाले उम्मेद्वारी दर्ता गराएका छन् ।

सापकोटा र ढुंगाना एमालेनिकट मानिन्छन् भने थापा नेकपा एककीकृत समाजवादी निकट मानिन्छन् । अध्यक्ष पदमा दुई जना एमालेका उम्मेद्वार भएपनि त्यसलाई ब्यवस्थापन गर्न निर्वाचन समितिका संयोजक प्रेमप्रकाश कोइराला सहयोगी बनेको भन्दै उम्मेद्वारहरु नै आपत्ती जनाएका छन् । कोइराला पनि एमालेनिकट नै हुन् ।

दुई पटक उपाध्यक्ष भइसकेका थापा बरियता क्रममा अध्यक्षको लाइनमा छन् । उनि अध्यक्षका लागि सक्षम ब्यक्ति भएको शेयर सदस्यहरु नै बताउँछन् । त्यस्तै, अर्का अध्यक्षमा प्रत्यासी सापकोटा सिर्जना साकोसका अध्यक्ष र हाल सुनपकुवा स्वावलम्बी साकोससँग एकीकरण भएपश्चात पनि उनि नै अध्यक्ष भई काम गर्दै आएका छन् । अर्का अध्यक्षका प्रत्यासी ढुंगाना पनि अध्यक्ष पदका लागि सक्षम ब्यक्ति मानिन्छन् ।

तर सचिब पदमा भने भरत कँडेललाई उम्मेद्वारी दर्ता गर्नबाट रोकेर रविन भट्टराईलाई सर्वसम्मत गराउन सस्थाका व्यावस्थापक, बर्तमान कार्यसमिती र निर्वाचन समिति नै लागि परेको आरोप छ । कँडेल विवेकशिल पार्टीका उर्लाबारी नगर अध्यक्ष हुन भने भट्टराई एमाले निकट हुन ।